सडक डिभिजन कार्यालय, विराटनगरका तत्कालीन कार्यालय प्रमुख सि.डि.ई. जितेन्द्र कुमार चौधरी उपर बिगो रु. ३५,००,०००।– कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०२ गते ।
---------------------------------------------------

सडक डिभिजन कार्यालय, विराटनगरका तत्कालीन कार्यालय प्रमुख सि.डि.ई. जितेन्द्र कुमार चौधरीले उक्त कार्यालयमा कार्यालय प्रमुख पदमा कार्यरत रहँदा भूमि इन्फ्रास्ट्रक्च्चर प्रा.लि. बाट बिभिन्न मितिमा श्रीमतीको खातामा रकम जम्मा गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले सेवाग्राही भूमि इन्फ्रास्ट्रक्च्चर प्रा.लि. र उक्त प्रा.लि. सँग ज्वाइन्ट भेन्चरमा ठेक्कामा काम गर्ने ठेकेदारहरुसमेतको भूमि ईन्फ्रास्ट्रक्च्चर प्रा.लि.का संचालकबाट बाटो निर्माण गर्ने बिभिन्न स्वीकृत आयोजनाहरुको काम शुरु गर्दा दिइने मोविलाइजेसन रकमबाट रु. ३५,००,०००।– (पैतीस लाख) गैरकानूनी तवरले कमिसनको नाममा घुस/रिसवत लिई श्रीमतीको खातामा जम्मा गर्न लगाई निज जितेन्द्र कुमार चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ६ र दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज उपर गैरकानूनी तवरले लिए खाएको कमिसन तथा घुस/रिसवतबापतको रकम बिगो रु. ३५,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ६ समेतमा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र दफा ३ को उपदफा (१) बमोजिम लिएको घुस/रिसवतको रकम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24