नेपाल विद्युत प्राधिकरणको कार्यालय कुलेश्वरमा कार्यरत कृष्ण मुरारी चौधरी र KUNWAR CONSTRUCTION मार्फत बिजुलीको पोल तथा लाइनको काम गर्ने पुरुषोत्तम दाहाल उपर बिगो रु. २५,०००।– कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।२३ गते ।
---------------------------------------------------

का.म.न.पा. काठमाडौं स्थित नेपाल विद्युत प्राधिकरणको कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीले बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरु कृष्ण मुरारी चौधरी र बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने पुरुषोत्तम दाहाललाई सेवाग्राहीसँग रु.२५,०००।–(पचीस हजार) घुस/रिसवत बापतको रकम लिदैं गर्दाको अवस्थामा नियन्त्रणमा लिएको थियो । 
 
अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरणको कार्यालय कुलेश्वरमा कार्यरत कृष्ण मुरारी चौधरीले जिल्ला काठमाडौं नागार्जुन नगरपालिका वडा नं. ६ रामकोट टौखेलमा रहेको सेवाग्राहीको जग्गामा रहेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीको निवेदन नियमानुसार कार्यालयबाट कार्यान्वयन गर्न नदिई KUNWAR CONSTRUCTION मार्फत बिजुलीको पोल तथा लाइनको काम गर्ने पुरुषोत्तम दाहालसँग सम्पर्क गराई नियमविपरीत बिजुलीको पोल सार्न लगाई आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक रकमको बार्गेनिङ गरी घुस/रिसवत दिन बाध्य पारी सोबापत आफ्नो लागिसमेत पुरुषोत्तम दहालामार्फत रु. २५,०००।– लिन मञ्जुर गरी उक्त रकम लिन पुरुषोत्तम दाहाललाई पठाई निज कृष्ण मुरारी चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको ।

 साथै पुरुषोत्तम दाहालले विद्युत प्राधिकरणको आधिकारीक निर्णयविपरीत कृष्ण मुरारी चौधरीले भनेअनुसार आफ्नो र कृष्ण मुरारी चौधरीसमेतको लागि घुस/रिसवतबापतको रकम लिन सर्मथन/मञ्जुर गरी गैरकानूनी रुपमा बिजुलीको पोल सार्ने काम सम्पन्न गरी सो कार्य गरिदिएबापत सेवाग्राहीबाट रु. २५,०००।– घुस/रिसवत लिइसकेको अवस्थामा निजबाट बरामद भएको व्यहोरा खुल्न आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर अपराध गरेको देखिंदा बिगो रु. २५,०००।– कायम गरी कृष्ण मुरारी चौधरी र पुरुषोत्तम दाहाल दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22