नेपाल विद्युत प्राधिकरणको कार्यालय कुलेश्वरमा कार्यरत कृष्ण मुरारी चौधरी र KUNWAR CONSTRUCTION मार्फत बिजुलीको पोल तथा लाइनको काम गर्ने पुरुषोत्तम दाहाल उपर बिगो रु. २५,०००।– कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।२३ गते ।
---------------------------------------------------

का.म.न.पा. काठमाडौं स्थित नेपाल विद्युत प्राधिकरणको कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीले बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरु कृष्ण मुरारी चौधरी र बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने पुरुषोत्तम दाहाललाई सेवाग्राहीसँग रु.२५,०००।–(पचीस हजार) घुस/रिसवत बापतको रकम लिदैं गर्दाको अवस्थामा नियन्त्रणमा लिएको थियो । 
 
अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरणको कार्यालय कुलेश्वरमा कार्यरत कृष्ण मुरारी चौधरीले जिल्ला काठमाडौं नागार्जुन नगरपालिका वडा नं. ६ रामकोट टौखेलमा रहेको सेवाग्राहीको जग्गामा रहेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीको निवेदन नियमानुसार कार्यालयबाट कार्यान्वयन गर्न नदिई KUNWAR CONSTRUCTION मार्फत बिजुलीको पोल तथा लाइनको काम गर्ने पुरुषोत्तम दाहालसँग सम्पर्क गराई नियमविपरीत बिजुलीको पोल सार्न लगाई आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक रकमको बार्गेनिङ गरी घुस/रिसवत दिन बाध्य पारी सोबापत आफ्नो लागिसमेत पुरुषोत्तम दहालामार्फत रु. २५,०००।– लिन मञ्जुर गरी उक्त रकम लिन पुरुषोत्तम दाहाललाई पठाई निज कृष्ण मुरारी चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको ।

 साथै पुरुषोत्तम दाहालले विद्युत प्राधिकरणको आधिकारीक निर्णयविपरीत कृष्ण मुरारी चौधरीले भनेअनुसार आफ्नो र कृष्ण मुरारी चौधरीसमेतको लागि घुस/रिसवतबापतको रकम लिन सर्मथन/मञ्जुर गरी गैरकानूनी रुपमा बिजुलीको पोल सार्ने काम सम्पन्न गरी सो कार्य गरिदिएबापत सेवाग्राहीबाट रु. २५,०००।– घुस/रिसवत लिइसकेको अवस्थामा निजबाट बरामद भएको व्यहोरा खुल्न आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर अपराध गरेको देखिंदा बिगो रु. २५,०००।– कायम गरी कृष्ण मुरारी चौधरी र पुरुषोत्तम दाहाल दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26