जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल उपर बिगो रु. ९०,०००।– कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।२० गते ।
---------------------------------------------------

जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न निजहरुसँग घुस/रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आफ्नो ओहदाले गर्नुपर्ने कार्य नगरी ९/१० बर्ष कारागार चलान गराउँछु भनी डरत्रास देखाई गालीगलौज गरी मोलाहिजा/बार्गेनिङ गरी सेवाग्राहीबाट रु. ९०,०००।– (नब्बे हजार) घुस/रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले निज खगेन्द्रप्रसाद रिजालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएकोले निजलाई बिगो रु. ९०,०००।– कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन र बिगोबापतको रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम निजबाट असुलउपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26