नेपाल टेलिकममा कार्यरत प्राविधिक अधिकृत जयनारायण प्रसाद साहउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।१६ गते ।
---------------------------------------------------

नेपाल टेलिकममा कार्यरत प्राविधिक अधिकृत जयनारायण प्रसाद साहले नक्कली प्रमाणपत्रको आधारमा बिभिन्न सुविधा भोग गरिरहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले भारतको बोधगयास्थित मगध विश्वविद्यालयबाट बि.ए. उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी मिति २०४३ सालदेखि नेपाल दुरसंचार संस्थान दुरसंचार कार्यालय नक्सालमा चौथो तह, टेक्निसियन पदमा सेवा प्रवेश गरी उक्त झुठ्ठा एवं नक्कली बि.ए. को शैक्षिक योग्यताको आधारमा २०७४ सालमा सातौं तहमा बढुवासमेत भई नेपाल दुरसंचार कार्यालय सिमरामा कार्यरत रही सरकारी सुविधा तथा लाभसमेत लिएको देखिंदा निजको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर भएकोले निज जयनारायण प्रसाद साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26