सशस्त्र प्रहरी वल वि.ओ.पी. बखरी मोरङका तत्कालीन कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक अमृत थापा र सशस्त्र प्रहरी जवान शशित नारायण विश्वासउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०९ गते ।
---------------------------------------------------

सशस्त्र प्रहरी वल वि.ओ.पी. बखरी मोरङमा कार्यरत सशस्त्र प्रहरी जवान शशित नारायण विश्वासले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज शशित नारायण विश्वासलाई सेवाग्राहीबाट रु. ५,५००।- (पाँच हजार पाँच सय) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी वल वि.ओ.पी. बखरी मोरङमा कार्यरत शशित नारायण विश्वासले सशस्त्र प्रहरी वल वि.ओ.पी. बखरी मोरङका तत्कालीन कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको आदेश र निर्देशानुसार सेवाग्राहीसँग भारतबाट नेपालमा ल्याइने प्याज ओसारपोसारको काम सहज गरिदिने भनी रकमको वार्गेनिङ गरी आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्वक घुस/रिसवत दिन बाध्य पारी सोबापत सशस्त्र प्रहरी निरीक्षकसमेतको लागि घुस/रिसवत लिई साथै सशस्त्र प्रहरी निरीक्षक अमृत थापाले सोही प्रयोजनमा आफ्नो र शशित नारायण विश्वासको लागि रकम वार्गेनिङ गरी शशित नारायण विश्वासमार्फत उक्त रकम लिन मञ्जुर गरेको व्यहोरा पुष्टि हुन आई निजहरु अमृत थापा र शशित नारायण विश्वासले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध भएको देखिंदा बिगो रु. ५,५००।–(पाँच हजार पाँच सय) कायम गरी निजहरु अमृत थापा र शशित नारायण विश्वासलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24