मालपोत कार्यालय साँखु, काठमाडौंका नायब सुब्बा रामेश्वर कुईकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटाउपर बिगो रु. ५५,०००।– कायम गरी आरोपपत्र दायर।



प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०८ गते ।
---------------------------------------------------

मालपोत कार्यालय साँखु, काठमाडौंका नायव सुब्बा रामेश्वर कुईकेलले लेखापढी व्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे बापत घुस/रिसवत लिदैं गर्दाको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज नायव सुब्बा रामेश्वर कुईकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटालाई उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नायब सुब्बा रामेश्वर कुईकेलले लेखापढी व्यवसायी श्रीराम सापकोटासँग घुस/रिसवत माग गरी लिइसकेको अवस्थामा निजबाट रकम बरामद भएको खुल्न आई निज रामेश्वर कुईकेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा बिगो रु. ५५,०००।– (पचपन्न हजार) कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजायको मागदाबी लिने र लेखापढी व्यवसायी श्रीराम रापकोटाले घुस/रिसवत माग गर्ने नायब सुब्बा रामेश्वर कुईकेललाई घुस/रिसवत दिइसकेको अवस्थामा निजलाई नियन्त्रणमा लिई उक्त रकम बरामद भएको खुल्न आई निज लेखापढी व्यवसायीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टी हुन आएको हुँदा निज श्रीराम सापकोटालाई बिगो रु. ५५,०००।– कायम गरी सोही दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन र रामेश्वर कुईकेलको साथबाट बरामद भएको घुस/रिसवतबापतको रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) बमोजिम जफत हुनसमेत मागदाबी लिई  आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24