जिल्ला पर्सा, बीरगन्ज महानगरपालिका वडा नं. २ छपकैयाकी अम्बेया खातुनउपर बिगो रु. २८,०००।– कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०८ गते ।
---------------------------------------------------

जिल्ला बारा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित ईलाका प्रहरी कार्यालय, जीतपुर, बाराको कार्यालय भवन अगाडी चेकजाँचका क्रममा वीरगन्जबाट हेटौडातर्फ जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ता कपडा नियन्त्रणमा लिए पश्चात सो सामानहरू छुटाइदिनका साथै आगामी दिनमा सहजीकरण गरिदिने भनी जिल्ला पर्सा, बीरगन्ज महानगरपालिका वडा नं. २ छपकैयाकी अम्बेया खातुनले ईलाका प्रहरी कार्यालय, जीतपुर, बाराका प्रहरी कर्मचारीलाई घुस/रिसवत बापत रु. २८,०००/-(अठ्ठाइस हजार) दिन खोज्दा तत्काल निज अम्बेया खातुनलाई नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा आरोपी अम्बेया खातुनले भन्सार छलि ल्याएको सामानहरु छुटाइदिने कामको लागि राष्ट्रसेवक प्रहरी कर्मचारीलाई प्रभाव पार्न रु. २८,०००।-(अठ्ठाइस हजार)  घुस/रिसवत दिएको तथ्य पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम कसुर भएको हुँदा सोही दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम निज अम्बेया खातुनलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय गरी सोही दफा ३ को उपदफा (१) बमोजिम बरामद बिगो रु. २८,०००।- जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24