जिल्ला पर्सा, बीरगन्ज महानगरपालिका वडा नं. २ छपकैयाकी अम्बेया खातुनउपर बिगो रु. २८,०००।– कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०८ गते ।
---------------------------------------------------

जिल्ला बारा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित ईलाका प्रहरी कार्यालय, जीतपुर, बाराको कार्यालय भवन अगाडी चेकजाँचका क्रममा वीरगन्जबाट हेटौडातर्फ जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ता कपडा नियन्त्रणमा लिए पश्चात सो सामानहरू छुटाइदिनका साथै आगामी दिनमा सहजीकरण गरिदिने भनी जिल्ला पर्सा, बीरगन्ज महानगरपालिका वडा नं. २ छपकैयाकी अम्बेया खातुनले ईलाका प्रहरी कार्यालय, जीतपुर, बाराका प्रहरी कर्मचारीलाई घुस/रिसवत बापत रु. २८,०००/-(अठ्ठाइस हजार) दिन खोज्दा तत्काल निज अम्बेया खातुनलाई नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा आरोपी अम्बेया खातुनले भन्सार छलि ल्याएको सामानहरु छुटाइदिने कामको लागि राष्ट्रसेवक प्रहरी कर्मचारीलाई प्रभाव पार्न रु. २८,०००।-(अठ्ठाइस हजार)  घुस/रिसवत दिएको तथ्य पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम कसुर भएको हुँदा सोही दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम निज अम्बेया खातुनलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय गरी सोही दफा ३ को उपदफा (१) बमोजिम बरामद बिगो रु. २८,०००।- जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03