जिल्ला रुपन्देही स्थित, विष्णुपुरा सशस्त्र प्रहरी बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बिरेन्द्रप्रसाद चौधरीउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०५ गते ।
-------------------------------------
जिल्ला रुपन्देही स्थित, विष्णुपुरा सशस्त्र प्रहरी बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बिरेन्द्रप्रसाद चौधरीले घरायसी मालसामान ओसारपसारमा सहजीकरण गरिदिने भनी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वुटवलबाट खटिई गएको टोलीले निज बिरेन्द्रप्रसाद चौधरीलाई घुस/रिसवत रु. ६,०००।– (छ हजार) रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा बिरेन्द्रप्रसाद चौधरीले सेवाग्राहीबाट सामान ओसारपसार गर्न सहजीकरण गरिदिने प्रयोजनार्थ घुस/रिसवत माग गरी लिएको प्रमाणित हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको गरेको पुष्टि हुन आएकोले निज बिरेन्द्रप्रसाद चौधरीलाई बिगो रु. ६,०००।– (छ हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24