बागचौर नगर कार्यपालिकाको कार्यालय, सल्यानका तत्कालीन सब-इन्जिनियर थमन योगीसहित ६ जनाउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०५ गते ।
---------------------------------------------------

भानुभक्त नि.मा.वि.धनचुली हुँदै चिल्ढाले सडक निर्माणमा बढी भुक्तानी भन्ने व्यहोराको उजुरीउपर अनुसन्धान हुँदा भानुभक्त नि.मा.वि. धनचुली हुँदै चिल्ढाले सडक निर्माण आयोजनामा बागचौर नगर कार्यपालिकाको कार्यालय, सल्यानका तत्कालीन सब-इन्जिनियर थमन योगी तथा असिस्टेन्ट सब-इन्जिनियर तोरण बहादुर विष्टले नेपाल सरकारलाई गैरकानूनी हानि पुर्‍याउने बदनियतले बिना आधार अस्वाभाविक किसिमबाट बढी काम तथा लागत देखाउने, मनासिब कारण बिना शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गर्ने गराउने र झुट्टा बिल भरपाई बनाई सोबाट रू.७७,७७५।२२ को बढी रकम भुक्तानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (क), (ग), (ङ) र सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निजहरू तत्कालीन सब-इन्जिनियर थमन योगी तथा असिस्टेन्ट सब-इन्जिनियर तोरण बहादुर विष्टलाई रू.७७,७७५।२२ (सतहत्तर हजार सातसय पचहत्तर रुपैयाँ बाइस पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (१) बमोजिम बिगो असुलउपर हुन र सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन समेतको मागदाबी लिएको ।

साथै भानुभक्त नि.मा.वि. धनचुली हुँदै चिल्ढाले सडक निर्माण आयोजनाका अध्यक्ष डिम्बर बहादुर कामी, कोषाध्यक्ष कर्ण बहादुर वि.क. तथा सचिव अनिता वि.क.ले तत्कालीन सब-इन्जिनियर थमन योगी र असिस्टेन्ट सब-इन्जिनियर तोरण बहादुर विष्टसमेतको मिलेमतोमा बदनियतपूर्वक सत्यतथ्यलाई लुकाई नभएको नगरेको कामलाई गरेको भनी झुट्टा नापी किताब एवम् कार्यसम्पन्न प्रतिवेदन बनाउन लगाई, झुट्टा डोरहाजिरी फाराम पेश गरी नेपाल सरकारलाई गैरकानूनी हानि पुर्‍याई आफूहरूलाई व्यक्तिगत रुपमा गैरकानूनी लाभ पुर्‍याउनका लागि साइटमा नगरे नगराएको कामको परिमाणको नापी गराई, झुट्टा बिल भरपाई तयार गरी/गराई पेश गरेको एवम् उक्त सडक निर्माण कार्यसम्पन्न भएपश्चात् राख्नुपर्ने उपभोक्ताहरूको बैठक नराखी बदनियतपूर्वक उपभोक्ताहरूको सम्झौता गर्दाको बैठकको उपस्थितिको नामावली भएको प्रतिलिपि बीचमा राखी उपभोक्ताहरूको बैठक राखेको र कार्य सम्पन्न भएको निर्णय गरेको समेत देखाउन उपभोक्ता समितिको कागजात गैरकानूनी तरिकाले हेरफेर गर्ने कार्यसमेत गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निजहरू अध्यक्ष डिम्बर बहादुर कामी, कोषाध्यक्ष कर्ण बहादुर वि.क. तथा सचिव अनिता वि.क.लाई रू.७७,७७५।२२ (सतहत्तर हजार सातसय पचहत्तर रुपैयाँ बाइस पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (४) बमोजिम बिगो असुलउपर गरी जफत हुन मागदाबी लिएको ।

त्यसैगरी बागचौर नगरपालिकाको वडा नं. २ का वडाध्यक्ष घनश्याम शर्माले उक्त आयोजनाको नापजाँच तथा अनुगमन नै नगरी १०० मिटर मात्र नयाँ ट्रयाक निर्माण भएको अवस्थामा बदनियतपूर्वक नभएको कामको समेत भएको भनी गलत लिखत तयार गरी सिफारिस गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निज वडाध्यक्ष घनश्याम शर्मालाई सोही ऐनको दफा ९ बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24