रुपन्देही जिल्ला अदालतमा कार्यरत नायव सुव्वा बुद्धि प्रकाश न्यौपाने र लेखापाल विनोद शर्माउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०३ गते ।
---------------------------------------------------

रुपन्देही जिल्ला अदालतमा कार्यरत नायव सुव्वा बुद्धि प्रकाश न्यौपाने र लेखापाल विनोद शर्मासमेतले धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज आन्तरिक राजस्व कार्यालय, भैरहवा दरबन्दी भई रुपन्देही जिल्ला अदालतमा लेखा सम्बन्धी कामकाज गर्न खटिएका लेखापाल विनोद शर्मा र रुपन्देही जिल्ला अदालतमा कार्यरत ना.सु. बुद्धि प्रकाश न्यौपानेले सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रु. २,०००/- (दुई हजार) लिइसकेको अवस्थामा उक्त रकम सहित दुवैजनालाई नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा रुपन्देही जिल्ला अदालतका नायब सुब्वा बुद्धि प्रकाश न्यौपाने र लेखापाल विनोद शर्माले रुपन्देही जिल्ला अदालतमा किर्ते मुद्दाको अनुसन्धानको क्रममा धरौटीमा राखेको रकम फिर्ता लिन गएका सेवाग्राहीलाई निजहरुले बिभिन्न बहाना बनाई आलटाल गरी दु:ख हैरानी दिएको र काम छिटो गरिदिने भनी रु. २,०००।– (दुई हजार) घुस/रिसवत लिएको पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) कसुर भएकोले बिगो रु. २,०००।– कायम गरी नायव सुब्बा बुद्धि प्रकाश न्यौपाने र लेखापाल विनोद शर्मालाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24