जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कहरसिंह नेपालीउपर बिगो रु. २,१६,५००।– कायम गरी आरोपपत्र दायर।



प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०१ गते ।
---------------------------------------------------

जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगायतको मिलेमतोमा वन हेरालुलाई पारिश्रमिक बापत रकम उपलब्ध गराउँदा नक्कली बिल भरपाई गरी रकम हिनामिना गरेको भन्ने उजुरी/निवेदनउपर अनुसन्धान हुँदा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, सुर्खेतमा रहेको चल्ती खातामा रहेको रकमबाट वन उपभोक्ता समूहमा अध्यक्ष कहरसिंह नेपालीले उक्त सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष हुँदा बिभिन्न व्यक्तिहरुले रकम बुझेको नक्कली बिल भरपाई बनाई आफैले सो रकम लिएको/हिनामिना गरेको पुष्टि हुन आएकोले निजले नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने बदनियतले जम्मा रु. २,१६,५००।– (दुई लाख सोह्र हजार पाँच सय) सरकारी रकम आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने कार्य गरेको पुष्टि हुन आएबाट निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर अपराधमा निज कहरसिंह नेपालीलाई बिगो रु. २,१६,५००।– कायम गरी सोही ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी हानिनोक्सानी गरेको बिगो रकम सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24