जिल्ला ललितपुर महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी.उपर बिगो रु. ३०,०००।– कायम गरी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२९ गते ।
-------------------------------------------
जिल्ला ललितपुर महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी.ले सूचना/बिज्ञापन गरेकोमा दिएको भुक्तानी रकम बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले लेखा शाखामा कार्यरत लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी.ले घुस/रिसवत वापतको रकम रु. ३०,०००/- (तीस हजार) लिइसकेको अवस्थामा दुवैजनालाई नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी.ले सेवाग्राहीसँग महालक्ष्मी नगरपालिकाको IT अफिसरको बिज्ञापन प्रकाशन गरेको रकम भुक्तानी दिएबापतको भनी घुस/रिसवत लिएको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निजहरु शिवकुमार घिमिरे र कुवेर के.सी. लाई बिगो रु. ३०,०००।– (तीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet