जिल्ला बारा, साविक कलैया नगरपालिका ७ मा रहेको श्री पन्नादेवी कन्या उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक सुनरपति कुमारी यादवउपर बिगो रु. १२,२६,४६९/२६ कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२७ गते ।
-------------------------------------------

जिल्ला बारा, साविक कलैया नगरपालिका ७ मा रहेको श्री पन्नादेवी कन्या उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक सुनरपति कुमारी यादवले शिक्षकको कोटाको लागि निकासा भएको रकम तथा हाजिरी रजिष्टर नै विद्यालयबाट गायब गरी रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले विद्यालयको आर्थिक कारोवार गर्दा झुठ्ठा बिल भरपाई बनाउने, दोहोरो बिल भरपाई बनाउने र श्रेस्ता कागजात लगायतका बहिखाताहरुसमेत नष्ट गरी विद्यालयको सरकारी रकम रु. १२,२६,४६९/२६ (बाह्र लाख छब्बीस हजार चार सय उनान्सत्तरी पैसा छब्बीस) खाईमासी हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचारजन्य कार्य गरेको देखिंदा निज तत्कालीन प्रधानाध्यापक सुनरपति कुमारी यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा १२ बमोजिमको कसुर गरेकोले निजलाई बिगो रु. १२,२६,४६९/२६ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हिनामिना भएको रकमसमेत निजबाट असुलउपर तथा श्रेस्ता कागजातहरु नष्ट गरेबापत ऐनको दफा १२ बमोजिमसमेत सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24