डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सि.डि.ई.) ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनउपर बिगो रु. २०,००,०००।– कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२७ गते ।
-------------------------------------------

डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सि.डि.ई.) ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनले सेवाग्राहीबाट सडक निर्माण भइरहेको कामको भुक्तानीको लागि रनिङ बिल पेश गरेकोमा कामको मूल्याङ्कन गर्दा निर्माण सम्पन्न भएको कामको विवरण कम गरी घटाई बाँकी रनिङ बिलको भुक्तानी लिनका लागि घुस/रिसवत रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरुलाई रु.२०,००,०००।- (बीस लाख) घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा संकलित सबुद प्रमाणहरुबाट ओएसिस इन्जिनियर्स एण्ड बिल्डर्स प्रा.लि. ले प्रोलिफिक कन्सट्रक्सन एण्ड इन्जिनियरीङ्ग प्रा.लि.का प्रोप्राइटरसँग Sub-contractor को सम्झौता गरी प्यूठान जिल्लाको भिङग्री देखि स्वर्गद्वारी सडक खण्डको १४ कि.मी. कालोपत्रे निर्मार्णको लागि सम्झौता अनुसार कार्य गर्दै आएकोमा सोही कामको भुक्तानीको लागि डिभिजन सडक कार्यालय प्यूठानमा पेश गरेको  बाँकी Running Bill को भुक्तानीको लागि पटकपटक अनुरोध गर्दा बरबहाना बनाई सेवाग्राहीलाई अफ्ठेरोमा पारी आफ्नो अधिकार र ओहोदाले गर्नुपर्ने कार्य नगरी भुक्तानी भइसकेको रकममध्येको रकम रु. ४ करोडको ६ प्रतिशतले हुने रकम रु. २४ लाख रुपैयाँ निजहरुले घुस/रिसवत माग गरेकोमा बार्गेनिङ हुँदा रु. ४ लाख रुपैयाँ निज डिभिजन प्रमुख सि.डि.ई. ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जसमेतले घटाई बाँकी रु. २०,००,०००।– घुस/रिसवत माग गरी माग गरेअनुसारको रकम नदिएमा सेवाग्राहीको नियमानुसार हुने काममा नहुनेसम्मको डर त्रास देखाई, भ्रष्टाचार गर्ने गलत मनसायले मोलमोलाहिजा (बार्गेनिङ) गरी सेवाग्राहीलाई परिबन्धमा पारी हुने कामलाई पनि रोकी घुस/रिसवत दिन बाध्य बनाएको पाइएको ।

मिति २०७६।०८।२४ गते सेवाग्राहीलाई का.जि.का.म.पा. वडा नं. १० नयाँबानेश्वरस्थित रोयल एलिनाज बेकरी क्याफेमा इन्जिनियर निरोज महर्जनले बोलाई सोही क्याफेभित्र डिभिजन प्रमुख सि.डि.ई. ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनसमेतले सेवाग्राहीलाई भेटी रु. २०,००,०००।– घुस/रिसवत स्वरुप सि.डि.इ. ध्रुवकुमार श्रेष्ठ र निरोज महर्जनले लिई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा निज राष्ट्रसेवक डिभिजन सडक कार्यालय प्यूठानका डिभिजन प्रमुख सि.डि.ई. ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकोले निजहरुलाई बिगो रु. २०,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24