कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक पदमा कार्यरत गंगाराज शाहीसहित ३ जनाउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२३ गते ।
------------------------------------------

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को परीक्षा कार्यक्रम अनुसार कर्णाली प्राविधिक शिक्षालयमा संचालित कृषितर्फको डिप्लोमा (I.Sc.Ag.) प्रथम वर्षको बाह्य परीक्षामा परीक्षार्थी गंगाराज शाहीका उत्तरपुस्तिकाहरु परिवर्तन गरी अनियमितता गरेको भन्ने व्यहोराको उजुरीउपर अनुसन्धान हुँदा कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक पदमा कार्यरत रहेका र तलबी अध्ययन बिदामा सोही शिक्षालयमा अध्ययनरत रहेका गंगाराज शाही र कर्णाली प्राविधिक शिक्षालयका परीक्षा सहायक तथा उक्त परीक्षाका निरीक्षक चन्द्रसिंह खत्रीले एकआपसमा मिलेमतो गरी अङ्ग्रेजी विषय बाहेक अन्य सबै विषयको परीक्षामा खाली उत्तरपुस्तिका तथा प्रश्नपत्र परीक्षा हल बाहिर पठाई गैरपरीक्षार्थी टंकप्रसाद चौलागाईलाई उत्तर लेख्न लगाई पृष्ठहरु गंगाराज शाहीको उत्तरपुस्तिकामा संलग्न गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम प्रश्नपत्रको गोपनियता भंग तथा परीक्षाको परिणाम फेरबदलसम्बन्धी कसुर गरेको पुष्टि हुन आएकोले निज गंगाराज शाही र चन्द्रसिंह खत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको सजाय हुन मागदाबी लिइएको छ ।

साथै तत्कालीन समयमा कर्णाली प्राविधिक शिक्षालयमा I.Sc.Ag. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी टंकप्रसाद चौलागाईले I.Sc. Ag. प्रथम वर्षको बाह्य परीक्षामा अङ्ग्रेजी विषयमा बाहेक अन्य सबै विषयमा परीक्षा सहायक तथा परीक्षाका निरीक्षक चन्द्रसिंह खत्रीले उपलब्ध गराएका प्रश्नपत्रका उत्तरहरु, निजले नै उपलब्ध गराएका उत्तरपुस्तिकाका पृष्ठहरुमा लेखिदिएको र टंकप्रसाद चौलागाईले उत्तर लेखेका पृष्ठहरु नै परीक्षार्थी गंगाराज शाहीका उत्तरपुस्तिकामा संलग्न गरेको देखिएबाट निज टंकप्रसाद चौलागाईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरको मतियार हुने कार्य गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ मा उल्लेख भएबमोजिम निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ मा उल्लेखित सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24