जिल्ला सर्लाही वाग्मती न.पा. वडा नं. ८ सोल्टीबजार वतन भएका श्यामकुमार श्रेष्ठउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२३ गते ।
-------------------------------------------

मोटरसाइकलले पछाडिबाट ठक्कर दिई दुर्घटना भएको सम्बन्धमा चालकको अनुमति पत्र नभएकोले निजको बदलामा सवारी चालक अनुमति पत्र प्राप्त गरेको अर्कै व्यक्तिको नाम राखी पीडित पक्षसँग मिलापत्र गराई औषधि उपचारको हकमा बिमा दाबीको लागि सिफारिस गरी पाउँ भनी मोटरसाइकल पक्षबाट जिल्ला सर्लाही वाग्मती न.पा. वडा नं. ८ सोल्टीबजार स्थायी वतन भएका श्यामकुमार श्रेष्ठले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरीक्षकलाई रु. १०,०००।– (दश हजार) घुस/रिसवत दिन खोजेकोले तत्काल निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको पत्रसाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उक्त रकमसहित दाखिला हुन आएको हुँदा सो सम्बन्धमा थप अनुसन्धान लागि नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा श्यामकुमार श्रेष्ठले मोटरसाइकल दुर्घटनाको विषयमा सवारी धनीको पक्षबाट बिमा लगायत औषधि उपचारको सिफारिसमा सहयोग गरिदिन भनी सवारी धनीको पक्षबाट प्रहरी निरीक्षकलाई घुस/रिसवत दिएको पुष्टि भएको हुनाले निज श्यामकुमार श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको देखिंदा निजलाई बिगो रु. १०,०००।– (दश हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी घुस/रिसवत बापत दिएको बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22