जिल्ला स्याङजा वालिङ नगरपालिका वडा नं. ८ बस्ने जहरुदिन तेलीउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२३ गते ।
-------------------------------------------

जिल्ला रुपन्देही, बसन्तपुर गाउँपालिका वडा नं. ४ स्थायी वतन भई हाल जिल्ला स्याङजा वालिङ नगरपालिका वडा नं. ८ बस्ने जहरुदिन तेलीले वडा प्रहरी कार्यालय वालिङ, स्याङजाका कार्यालय प्रमुख प्रहरी निरीक्षक आफ्नै कार्यकक्षमा कामकाज गरी बसिरहेको अवस्थामा कार्यक्षमा आई गोरु व्यापार गर्न सहयोग गर्नुपर्‍यो भन्दै रु.१५,०००।–(पन्ध्र हजार) दिएकोमा तत्काल निज जहरुदिन तेलीलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय वालिङ स्याङजाको पत्रसाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उक्त रकमसहित दाखिला हुन आएको हुँदा सो सम्बन्धमा थप अनुसन्धानको लागि नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा जहरुदिन तेलीले गोरु व्यापारमा सहयोग गरिदिन भनी वडा प्रहरी कार्यालय वालिङ, स्याङजाका प्रहरी निरीक्षकलाई घुस/रिसवत दिएको पुष्टि भएको हुनाले निज जहरुदिन तेलीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको देखिंदा निजलाई बिगो रु. १५,०००।– (पन्ध्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१)  र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी घुस/रिसवत बापत दिएको बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24