इलाका प्रहरी कार्यालय, तुलसीपुर, दाङका प्रहरी नायब निरीक्षक हेमन्त के.सी.उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२२ गते ।
-------------------------------------------

इलाका प्रहरी कार्यालय, तुलसीपुर, दाङमा कार्यरत प्रहरी नायब निरीक्षक हेमन्त के.सी.ले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिए बापत सेवाग्राहीसँग घुस रकम माग गर्ने गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक हेमन्त के.सी. लाई रु.७,०००।-(सात हजार) घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङमा कार्यरत प्रहरी नायब निरीक्षक हेमन्त के.सी.ले धरौटी रकम कम गरी छिटो छाडिदिने भनी पटक-पटक दु:ख हैरानी दिई घुस/रिसवत नदिए धरौटी धेरै हालिदिने भनी सेवाग्राहीसँग रु. ७,०००।– (सात हजार) घुस/रिसवत माग गरी लिएकोले निजको उक्त कार्य  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले बिगो रु. ७,०००।– कायम गरी निज प्रहरी नायब निरीक्षक हेमन्त के.सी. लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24