गुठी संस्थान शाखा कार्यालय, जनकपुरका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेसमेत ६ जनाउपर आरोपपत्र दायर ।



प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२० गते ।
-------------------------------------------

धनुषा जिल्लाको भरतपुर गा.वि.स.मा नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी अनियमिता/भ्रष्टाचार भएकोले संलग्नलाई कारबाही गरी पाउँ भन्ने समेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा गुठी संस्थान शाखा कार्यालय, जनकपुरका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेले रु.१९,३०,०००।– (उन्नाइस लाख तीस हजार) मोहीहरुलाई मुआब्जा रकम भुक्तानी गरेबापत बिचौलियामार्फत घुस/रिसवत लिएको तथ्य स–प्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादी राजबाबु पाण्डेले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निजलाई बिगो रु.१९,३०,०००।–कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र उक्त बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन मागदाबी लिइएको छ ।

प्रतिवादी गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन सहायक प्रशासक मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्यले रु. ६,५०,०००।– (छ लाख पचास हजार) मोहीलाई मुआब्जा रकम भुक्तानी गरेबापत बिचौलियामार्फत घुस/रिसवत लिएको तथ्य स–प्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादी मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्यले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निजलाई बिगो रु.६,५०,०००।–कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन र उक्त बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन मागदाबी लिइएको छ ।

प्रतिवादी गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले मोही भनिएका व्यक्तिबाट लिएको रकम रु.४,३०,०००।– (अक्षेरुपी चार लाख तीस हजार) मोहीलाई मुआब्जा रकम भुक्तानी गरेबापत कार्यालय प्रमुखसमेतले लिनेखाने गरी घुस/रिसवत लिएको तथ्य स–प्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादी हरिचन्द्र भुसालले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निजलाई रु.४,३०,०००।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन र उक्त बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन मागदाबी लिइएको छ ।

प्रतिवादी सुमनकान्त ठाकुरले मोहीबाट पटक-पटक गरी जम्मा रु.६३,३६,६६७।- (त्रिसठ्ठी लाख छत्तीस हजार छ सय सतसठ्ठी) मोहीलाई मुआब्जा रकम भुक्तानी गराउन बिचौलियाको भूमिका निर्वाह गरी मोहीलाई दबाबमा पारी राष्ट्रसेवक कर्मचारीहरुलाई प्रलोभनमा राखी लिनेखाने गरी घुस/रिसवत लिए/दिएको तथ्य स–प्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादी सुमनकान्त ठकुरले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर भएकोले निजलाई बिगो रु. ६३,३६,६६७।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय गरी उक्त बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन समेत मागदाबी लिइएको छ ।

प्रतिवादी मोही भनिएकी गायत्री देवी जयसवालका छोरा शत्रुधन जयसवालले गुठी संस्थान शाखा कार्यालय जनकपुरबाट मुआब्जाबापत मिति २०६९।०३।२७ गते लिएको रकम  रु.१२,८१,६६७।- (बाह्र लाख एकासी हजार छ सय सतसठ्ठी) मध्येबाट सोही मितिमा रु.१२,५०,०००।– (बाह्र लाख पचास हजार) आफूले लिई सोही मितिमा सोही रकममध्येबाट सुमनकान्त ठाकुरलाई रु.७,३५,०००।- (सात लाख पैतीस हजार) रकम मुआब्जा रकम भुक्तानी गराउन बिचौलियाको भूमिका निर्वाह गरी दिएबापत गुठी संस्थान शाखा कार्यालय जनकपुरका कर्मचारीहरुसमेतलाई दिने गरी घुस/रिसवत दिएको तथ्य स–प्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादी शत्रुधन जयसवालले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुर भएकोले निजलाई बिगो रु.७,३५,०००।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी उक्त बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन मागदाबी लिइएको छ ।

साथै प्रतिवादी मोही भनिएकी गायत्री देवी जयसवालले गुठी संस्थान शाखा कार्यालय जनकपुरबाट मुआब्जाबापत मिति २०६९।०२।१६ गते लिएको रु.७७,०१,६६७।- (सतहत्तर लाख एक हजार छ सय सतसठ्ठी) मध्येबाट सोही मितिमा सुमनकान्त ठाकुरलाई रु. ५६,०१,६६७।- (छपन्न लाख एक हजार छ सय सतसठ्ठी) निजलाई मुआब्जा रकम भुक्तानी गराउन बिचौलियाको भूमिका निर्वाह गरी दिएबापत गुठी संस्थान शाखा कार्यालय जनकपुरका कर्मचारीहरुसमेतलाई दिनेगरी घुस/रिसवत दिएको तथ्य स–प्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादी गायत्री देवी जयसवालले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुर भएकोले निज प्रतिवादी गायत्री देवी जयसवाललाई बिगो रु. ५६,०१,६६७।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय गरी उक्त बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24