जिल्ला पर्सा साविक जयमंगलापुर गा.वि.स.का तत्कालीन गा.वि.स. सचिव राजेन्द्र महतो नुनियाउपर बिगो रु. ५५,९००।- कायम गरी आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२० गते ।
-----------------------------------------

जिल्ला पर्सा साविक जयमंगलापुर गा.वि.स.का तत्कालीन गा.वि.स. सचिव राजेन्द्र महतो नुनियाले नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता शीर्षक (आंशिक अपाङ्ग, पूर्ण अपाङ्ग, औषधि खर्च, असहाय विधवा, बालबालिका तथा दलित) मा विनियोजित रकममा मृत्यु भइसकेको व्यक्तिलाई पनि रकम वितरण गरेको, किर्ते भरपाई तयार गरी व्यापक अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने समेतको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निजले जिल्ला पर्सा साविक जयमंगलापुर गा.वि.स. को आ.व. २०७०/०७१ देखि आ.व. २०७३/०७४ को प्रथम चौमासिकसम्मको सामाजिक सुरक्षा भत्ता शीर्षकको रकम वितरण गर्दा उक्त रकम सम्बन्धित लाभग्राहीलाई नबुझाएको र मृत्यु भइसकेको व्यक्तिको नाममा समेत भत्ता वितरण गरी बदनियतपूर्वक सरकारी रकम हिनामिना गरेको देखिंदा निज आरोपित राजेन्द्र महतो नुनियाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर र निजको कार्यकालमा निजले वितरण गरेको सामाजिक सुरक्षा भत्ताको सक्कल भरपाईमध्ये आ.व. २०७१/०७२ को औषधि उपचार शीर्षक बाहेक अन्य भरपाई तथा आ.व. २०७२/०७३ को तेश्रो किस्ताको भरपाईहरु बरबुझारथ नगरी लुकाई नोक्सानसमेत गरेको देखिंदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिमको कसुरसमेत गरेको पुष्टि हुन आएकोले निजलाई सामाजिक सुरक्षा भत्ता रकम हानिनोक्सानी तथा हिनामिना गरेको बिगो रु. ५५,९००।– (पचपन्न हजार नौ सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय गरी बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन साथै प्रमाण लुकाई नोक्सानसमेत गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिमसमेत सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24