कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरमा कार्यरत स्टोरकिपर वरिष्ठ सहायक रामबाबु महतोसहित २ जनाउपर आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।१६ गते ।
-----------------------------------------

कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरमा बिक्री नभई बाँकी रहेको विभिन्न जातका धानहरु लिलाम बिक्री प्रक्रियामा अनियमितता गरेको भन्ने उजुरीको आधारमा भएको छानबिनमा कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरमा स्टोरकिपरको रुपमा कार्यरत वरिष्ठ सहायक रामबाबु महतोले नियमानुसार लिलाम बिक्रीको प्रक्रियामा रहेको धानको बीउ लिलाम प्रक्रिया सम्पन्न हुनु अगाबै लिलाम बिक्रीको लागि राखिएको धनको बिउ लिलाम प्रक्रियामा सहभागी भएका व्यक्तिलाई दिनुपर्नेमा निजलाई टेण्डर स्वीकृत भएको जानकारीसमेत नगराई लिलाम प्रक्रियामा सहभागी नभएका व्यक्ति सिया किशोर साहलाई धान दिई उक्त धानवापतको रकम कार्यालयको खातामा दाखिला नगरी निज रामबाबु महतोले मिलेमतोमा रु. ६८,०००।– घुस/रिसवत लिई गैरकानूनी तवरले कार्यालयको स्टोरमा रहेको धान दिई रु. ८,३६,६८०।– (आठ लाख छत्तीस हजार छ सय असी रुपैयाँ) सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिन आएकोले निजले घुस/रिसवतवापत सिया किशोर साहबाट लिएको बरामद भएको रु. ६८,०००।– र सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याएको रमकसमेत गरी रु. ९,०४,६८०।–बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम सोही दफा ३ को उपदफा (१) बमोजिम जफत हुन र हानिनोक्सानी पुगेको  रकम रु. ८,३६,६८०।- समेत ऐ.ऐनको दफा १७ बमोजिम असुलउपर गरी पाउन मागदाबी लिइएको छ ।

श्री राम राइस मिलका संचालक सिया किशोर साहले राष्ट्रसेवक कर्मचारी राम बाबु महतोलाई घुस/रिसवत दिई निजसँग मिलेमतो गरी सरकारी कार्यालयको स्टोरमा रहेको धानको बीउ अनधिकृत तवरले आफूले लिई रु. ८,३६,६८०।– बराबरको सार्वजनिक सम्पत्ति आफूलाई फाइदा र सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याएको पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) र दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा निजलाई भष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय गरी घुस रकम रु. ६८,०००।- सोही दफा ३ को उपदफा (१) बमोजिम जफत हुनका साथै सार्वजनिक सम्पत्ति हिनामिना गरेको रकम रु. ८,३६,६८०।– को हकमा सो बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी हानिनोक्सानी हिनामिना भएको रकम ऐ.ऐनको दफा ८ को उपदफा (४) बमोजिम असुलउपर गरी जफत हुन र सो बिगो कृषि सामाग्री कम्पनी लिमिटेडलाई दिलाई भराई पाउनसमेत  मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21