कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरमा कार्यरत स्टोरकिपर वरिष्ठ सहायक रामबाबु महतोसहित २ जनाउपर आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।१६ गते ।
-----------------------------------------

कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरमा बिक्री नभई बाँकी रहेको विभिन्न जातका धानहरु लिलाम बिक्री प्रक्रियामा अनियमितता गरेको भन्ने उजुरीको आधारमा भएको छानबिनमा कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरमा स्टोरकिपरको रुपमा कार्यरत वरिष्ठ सहायक रामबाबु महतोले नियमानुसार लिलाम बिक्रीको प्रक्रियामा रहेको धानको बीउ लिलाम प्रक्रिया सम्पन्न हुनु अगाबै लिलाम बिक्रीको लागि राखिएको धनको बिउ लिलाम प्रक्रियामा सहभागी भएका व्यक्तिलाई दिनुपर्नेमा निजलाई टेण्डर स्वीकृत भएको जानकारीसमेत नगराई लिलाम प्रक्रियामा सहभागी नभएका व्यक्ति सिया किशोर साहलाई धान दिई उक्त धानवापतको रकम कार्यालयको खातामा दाखिला नगरी निज रामबाबु महतोले मिलेमतोमा रु. ६८,०००।– घुस/रिसवत लिई गैरकानूनी तवरले कार्यालयको स्टोरमा रहेको धान दिई रु. ८,३६,६८०।– (आठ लाख छत्तीस हजार छ सय असी रुपैयाँ) सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिन आएकोले निजले घुस/रिसवतवापत सिया किशोर साहबाट लिएको बरामद भएको रु. ६८,०००।– र सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याएको रमकसमेत गरी रु. ९,०४,६८०।–बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम सोही दफा ३ को उपदफा (१) बमोजिम जफत हुन र हानिनोक्सानी पुगेको  रकम रु. ८,३६,६८०।- समेत ऐ.ऐनको दफा १७ बमोजिम असुलउपर गरी पाउन मागदाबी लिइएको छ ।

श्री राम राइस मिलका संचालक सिया किशोर साहले राष्ट्रसेवक कर्मचारी राम बाबु महतोलाई घुस/रिसवत दिई निजसँग मिलेमतो गरी सरकारी कार्यालयको स्टोरमा रहेको धानको बीउ अनधिकृत तवरले आफूले लिई रु. ८,३६,६८०।– बराबरको सार्वजनिक सम्पत्ति आफूलाई फाइदा र सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याएको पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) र दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा निजलाई भष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय गरी घुस रकम रु. ६८,०००।- सोही दफा ३ को उपदफा (१) बमोजिम जफत हुनका साथै सार्वजनिक सम्पत्ति हिनामिना गरेको रकम रु. ८,३६,६८०।– को हकमा सो बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी हानिनोक्सानी हिनामिना भएको रकम ऐ.ऐनको दफा ८ को उपदफा (४) बमोजिम असुलउपर गरी जफत हुन र सो बिगो कृषि सामाग्री कम्पनी लिमिटेडलाई दिलाई भराई पाउनसमेत  मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24