सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार, काठमाडौंका खरिदार त्रिलोचना पोखरेलउपर बिगो रु. ८३,०००।– कायम गरी आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।१६ गते ।
-----------------------------------------

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार, काठमाडौंका खरिदार त्रिलोचना पोखरेलले किर्ते दस्तखत गरी मिटिङ माइन्युट, बैठक भत्ता तथा विभिन्न ५ वटा सडकहरुको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरी उक्त प्रतिवेदन स्वीकृतसमेत गरी पत्राचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा खरिदार त्रिलोचना पोखरेलले प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयार गर्ने क्रममा किर्ते मिटिङ माइन्युट र बैठक भत्ता बुझेको भरपाई तथा स्वीकृतिपत्र तयार गरेको साथै बैठक भत्तावापत भनी झुठ्ठा व्यहोराको भरपाई बनाई सो कार्य गरिदिएवापत सेवाग्राहीबाट घुस/रिसवत रु. ८३,०००।- बुझिलिएको पुष्टि हुन आएको देखिंदा जिम्मेवार राष्ट्रसेवक कर्मचारीले मन्त्रालय तथा मन्त्रालयका कर्मचारीहरुलाई हानि पुर्‍याउने बदनियतले उक्त गलत लिखत तयार गरी अनधिकृत रुपमा घुस लिएको हुँदा निज त्रिलोचना पोखरेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ९ बमोजिमको समेत कसुर अपराध गरेको पुष्टि हुन आएकोले निजलाई घुस/रिसवतको बिगो रु. ८३,०००।– (त्रियासी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) र सोही ऐनको दफा ९ बमोजिम सजाय हुन र बिगो रकम निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24