३ नम्बर नापी गोश्वारा, काठमाडौंका तत्कालीन प्रमुख नापी अधिकृत शम्भुप्रसाद शर्मासहित ३ जनाउपर बिगो रु. ४,१२,६३७।- कायम गरी आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।१५ गते ।
---------------------------------------------------

काठमाडौं  जिल्ला, साविक नगर २क, कित्ता नम्बर २३७, क्षेत्रफल ०-११-२-० को जग्गा नयाँ नापी हुँदा उक्त कित्तासँगै रहेको सार्वजनिक बाटोको जग्गासमेत घुसाई कित्ता नम्बर र क्षेत्रफल कायम गरेकोले उक्त कार्यमा संलग्नहरुलाई मौजुदा कानूनबमोजिम कारबाही गरी पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा काठमाडौं  जिल्ला, साविक नगर २क मा रहेको सरकारी बाटोको ३११.०० वर्गमिटर (०-९-३-०.५) क्षेत्रफल जग्गा, मालपोत कार्यालय, डिल्लीबजारको आ.व. २०५२/०५३ को न्यूनतम सरकारी मूल्याङ्कन पुस्तिका अनुसार प्रतिरोपनी रु.६,७५,०००।–का दरले रु.४,१२,६३७।- (चार लाख बाह्र हजार छ सय सैतीस रुपैयाँ मात्र) मूल्य पर्ने जग्गा गैरकानूनी रुपमा व्यक्ति विशेषको नामको जग्गामा घुसाई मिति २०४७/०२/२७ गते हालसाविक दर्ता र मिति २०५२/१०/२४ गते अध्यावधिक बढ कायम गर्ने कार्यमा तत्कालीन ३ नम्बर नापी गोश्वारा, काठमाडौंका प्रमुख नापी अधिकृत शम्भुप्रसाद शर्मा र मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत बिष्णुकुमार राईको संलग्नता रहेको पुष्टि हुन आएकोले राष्ट्रसेवक कर्मचारी भई आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानीनोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानूनी लाभ एवं प्रत्यक्ष फाइदा पुर्‍याउने कार्य गरी निजहरुले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ को उपदफा (१) र सो कसुरलाई निरन्तरता दिएको हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा ८ को उपदफा (१) को खण्ड (ज) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरु शम्भुप्रसाद शर्मा र बिष्णुकुमार राईलाई उक्त जग्गाको तत्कालीन समयको न्यूनतम सरकारी मूल्याङ्कन अनुसारको जम्मा मूल्य रु.४,१२,६३७।- बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ को उपदफा (१) र ऐ.को दफा २९को उपदफा (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी निजहरुले हानीनोक्सानी गरेको बिगो साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग. तथा ऐ.को दफा २९ को उपदफा (१) एवं हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम असुलउपर/जफत गरी नेपाल सरकारको नाममा कायम गरिपाउन समेत मागदाबी लिइएको छ ।

त्यसैगरी, जग्गाधनी अरुणकुमार रन्जितकारले ३ नम्बर नापी गोश्वारा, काठमाडौं र मालपोत कार्यालय, डिल्लीबजारका कर्मचारीहरुलाई अनुचित प्रभावमा पारी आफूलाई गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई हानी पुर्‍याउने बदनियतले काठमाडौं जिल्ला, साविक नगर २क मा रहेको सरकारी बाटोको ३११.०० वर्गमिटर (०-९-३-०.५) क्षेत्रफल जग्गा गैरकानूनी तरिकाबाट आफ्नो नामको जग्गामा घुसाई हालसाविक दर्ता एवं अध्यावधिक बढ कायम गराई साविक भ्रष्टाचार निवारण ऐन, २०१७को दफा ८ र सो कसुरलाई निरन्तरता दिएको हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई उक्त जग्गाको तत्कालीन समयको न्यूनतम सरकारी मूल्याङ्कनअनुसारको जम्मा मूल्य रु.४,१२,६३७।-(चार लाख बाह्र हजार छ सय सैतीस रुपैयाँ मात्र) बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ र ऐ.को दफा २९ को उपदफा (२) तथा हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी निजले हानीनोक्सानी गरेको बिगो साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग. तथा ऐ.को दफा २९को उपदफा (१) एवं हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम असुलउपर/जफत गरी नेपाल सरकारको नाममा कायम गरिपाउन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24