३ नम्बर नापी गोश्वारा, काठमाडौंका तत्कालीन प्रमुख नापी अधिकृत शम्भुप्रसाद शर्मासहित ३ जनाउपर बिगो रु. ४,१२,६३७।- कायम गरी आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।१५ गते ।
---------------------------------------------------

काठमाडौं  जिल्ला, साविक नगर २क, कित्ता नम्बर २३७, क्षेत्रफल ०-११-२-० को जग्गा नयाँ नापी हुँदा उक्त कित्तासँगै रहेको सार्वजनिक बाटोको जग्गासमेत घुसाई कित्ता नम्बर र क्षेत्रफल कायम गरेकोले उक्त कार्यमा संलग्नहरुलाई मौजुदा कानूनबमोजिम कारबाही गरी पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा काठमाडौं  जिल्ला, साविक नगर २क मा रहेको सरकारी बाटोको ३११.०० वर्गमिटर (०-९-३-०.५) क्षेत्रफल जग्गा, मालपोत कार्यालय, डिल्लीबजारको आ.व. २०५२/०५३ को न्यूनतम सरकारी मूल्याङ्कन पुस्तिका अनुसार प्रतिरोपनी रु.६,७५,०००।–का दरले रु.४,१२,६३७।- (चार लाख बाह्र हजार छ सय सैतीस रुपैयाँ मात्र) मूल्य पर्ने जग्गा गैरकानूनी रुपमा व्यक्ति विशेषको नामको जग्गामा घुसाई मिति २०४७/०२/२७ गते हालसाविक दर्ता र मिति २०५२/१०/२४ गते अध्यावधिक बढ कायम गर्ने कार्यमा तत्कालीन ३ नम्बर नापी गोश्वारा, काठमाडौंका प्रमुख नापी अधिकृत शम्भुप्रसाद शर्मा र मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत बिष्णुकुमार राईको संलग्नता रहेको पुष्टि हुन आएकोले राष्ट्रसेवक कर्मचारी भई आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानीनोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानूनी लाभ एवं प्रत्यक्ष फाइदा पुर्‍याउने कार्य गरी निजहरुले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ को उपदफा (१) र सो कसुरलाई निरन्तरता दिएको हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा ८ को उपदफा (१) को खण्ड (ज) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरु शम्भुप्रसाद शर्मा र बिष्णुकुमार राईलाई उक्त जग्गाको तत्कालीन समयको न्यूनतम सरकारी मूल्याङ्कन अनुसारको जम्मा मूल्य रु.४,१२,६३७।- बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ को उपदफा (१) र ऐ.को दफा २९को उपदफा (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी निजहरुले हानीनोक्सानी गरेको बिगो साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग. तथा ऐ.को दफा २९ को उपदफा (१) एवं हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम असुलउपर/जफत गरी नेपाल सरकारको नाममा कायम गरिपाउन समेत मागदाबी लिइएको छ ।

त्यसैगरी, जग्गाधनी अरुणकुमार रन्जितकारले ३ नम्बर नापी गोश्वारा, काठमाडौं र मालपोत कार्यालय, डिल्लीबजारका कर्मचारीहरुलाई अनुचित प्रभावमा पारी आफूलाई गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई हानी पुर्‍याउने बदनियतले काठमाडौं जिल्ला, साविक नगर २क मा रहेको सरकारी बाटोको ३११.०० वर्गमिटर (०-९-३-०.५) क्षेत्रफल जग्गा गैरकानूनी तरिकाबाट आफ्नो नामको जग्गामा घुसाई हालसाविक दर्ता एवं अध्यावधिक बढ कायम गराई साविक भ्रष्टाचार निवारण ऐन, २०१७को दफा ८ र सो कसुरलाई निरन्तरता दिएको हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई उक्त जग्गाको तत्कालीन समयको न्यूनतम सरकारी मूल्याङ्कनअनुसारको जम्मा मूल्य रु.४,१२,६३७।-(चार लाख बाह्र हजार छ सय सैतीस रुपैयाँ मात्र) बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ र ऐ.को दफा २९ को उपदफा (२) तथा हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी निजले हानीनोक्सानी गरेको बिगो साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग. तथा ऐ.को दफा २९को उपदफा (१) एवं हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम असुलउपर/जफत गरी नेपाल सरकारको नाममा कायम गरिपाउन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22