जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका तत्कालीन सि.अ.हे.व. मिनबहादुर विष्टउपर बिगो रु. २,३४,०००।–कायम गरी आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।११ गते ।
---------------------------------------------------

जिल्ला स्वास्थ्य कार्यालय, पाल्पामा नक्कली बिल भरपाई पेश गरी सरकारी रकम लिई भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका हात्तीपाइले कार्यक्रमका संचालक सि.अ.हे.व. मिनबहादुर विष्टले गाडी भाडावापत जम्मा रु. २,३४,०००।– (दुई लाख चौतीस हजार) हिनामिना गरेको देखिन आएको र उक्त कार्यबाट नेपाल सरकारलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिंदा निज तत्कालीन सि.अ.हे.व. मिनबहादुर विष्टले हिनामिना गरेको रु. २,३४,०००।– बिगो कायम गरी निजलाई ऐ.ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी हिनामिना हानिनोक्सानी भएको रकम ऐ.ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुरउपर हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29