परशुराम नगरपालिका जोगबुढा, डडेल्धुरामा असिस्टेन्ट सव-इन्जिनियरको पदमा कार्यरत नरबहादुर बोहरासमेत ५ जनाउपर बिगो रु. १,७३,१९०।६१ कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०९ गते ।
---------------------------------------------------

डडेल्धुरा जिल्ला अन्तर्गत बेलडाडी कृषि सडकको निर्माण कार्यमा बढी रकम भुक्तानी लिएको भन्ने उजुरी सम्बन्धमा  अनुसन्धान हुँदा परशुराम नगरपालिका जोगबुढा, डडेल्धुरामा असिस्टेन्ट सव-इन्जिनियरको पदमा कार्यरत नरबहादुर बोहराले नेपाल सरकारलाई हानि पुर्‍याउने बदनियतले इस्टिमेट, मूल्याङ्कन सिट र कार्यसम्पन्न प्रतिवेदनसमेतका गलत प्रतिवेदन तयार गरी आफू वा अरु कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्‍याउने र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने बदनियतले आधार बिना अस्वाभाविक किसिमबाट बढी रकम तथा लगत देखाउने, मनासिव कारण बिना सर्त तथा मापदण्डविपरीत निर्माण कार्य गर्ने गराउने गरेको र सोबाट बढी रकम भुक्तानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) र सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले बिगो रु. १,७३,१९०।६१ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम बिगो रकम असुलउपर हुन समेत मागदाबी लिइएको छ ।

परशुराम नगरपालिकाको कार्यालयमा इन्जिनियरको पदमा कार्यरत नरेन्द्रबहादुर भाटले असिस्टेन्ट सव-इन्जिनियरको पदमा कार्यरत नरबहादुर बोहराले तयार पारेको इस्टिमेट, मूल्याङ्कन सिट र बदनियतसाथ कार्यसम्पन्न प्रतिवेदनसमेतका गलत प्रतिवेदनलाई ठीक छ भनी चेकजाँच गरी स्वीकृतिको लागि पेश गरी, वडा कार्यालयको रकम भुक्तानीको लागि सिफारिस पत्रमा योजना सम्पन्न भई अनुगमनसमेत भइसकेको भनी अन्तिम भुक्तानीको लागि सिफारिस गरी सोबाट बढी रकम भुक्तानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) तथा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको प्रमाणित हुन आएकोले निजलाई बिगो रु. १,७३,१९०।६१  कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम असुलउपर हुन समेत मागदाबी लिइएको छ ।  

साथै बेलडाडी कृषि सडक बीच टोल निर्माण उपभोक्ता समितिका अध्यक्ष मिनबहादुर बोहरा, कोषाध्यक्ष मथुरी देवी बोहरा र सचिव तेजबहादुर बोहराले परशुराम नगरपालिका जोगबुढा डडेल्धुराका असिस्टेन्ट सव-इन्जिनियर नरबहादुर बोहरा र इन्जिनियर नरेन्द्र बहादुर भाटसमेतको मिलेमतोमा बदनियतपूर्वक सत्यतथ्यलाई लुकाई नभएको नगरेको कामलाई गरेको भनी झुठ्ठा नापी किताब एवं कार्यसम्पन्न प्रतिवेदन बनाई उक्त काममा सार्वजनिक खरिद ऐन/नियमावली विपरीत डोजर प्रयोग गरी, झुठ्ठा डोरहाजिरी फाराम पेश गरी नेपाल सरकारसमक्ष गरेको कबुलियत तथा सम्झौता बमोजिमको सर्त पालना नगरी नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याई आफूहरुलाई व्यक्तिगतरुपमा गैरकानूनी लाभ पुर्‍याउनका लागि निर्माणस्थलमा भए गरेको कार्य भन्दा बढी तथा साइटमा नगरे नगराएको कामको परिमाणको नापी गराई झुठ्ठा बिल भरपाई तयार गरी/गराई पेश गरी बढी रकम भुक्तानी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेकोले निजहरुलाई बिगो रु. १,७३,१९०।६१  कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) मा उल्लेख भए बमोजिम सजाय र बिगोसमेत असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22