जिल्ला बर्दिया, बढैयाताल गाउँपालिका वडा नं. ६ को वडा कार्यालय साविक मैनापोखर गा.वि.स. कार्यालयका तत्कालीन सचिव मणिराज पौडेलसमेत ४ जना उपर बिगो रु. १,८९,७५२/७० कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०८ गते ।
---------------------------------------------------

जिल्ला बर्दिया साविक मैनापोखर गा.वि.स. वडा नं. १ हाल बढैयाताल गाउँपालिका ६ नं. वडा कार्यालय हाताभित्र रहेको उत्तर पूर्वतर्फ भवनको माथिल्लो तला निर्माण गर्नको लागि आ.व. ०७३/०७४ मा जिल्ला समन्वय समितिको कार्यालय बर्दियाबाट बजेट विनियोजन भएकोमा उपभोक्ता समिति गठन र टेण्डर नगरी कार्य सम्पन्न गरेको भन्ने उजुरी निवेदनउपर अनुसन्धान हुँदा उक्त गाउँपालिकाका तत्कालीन सचिव मणिराज पौडेल र खरिदार (निर्माण उपभोक्ता समितिका सचिव) प्रदिप चौधरीले भवन निर्माणमा हुँदै नभएको कार्यहरुसमेत भए गरेको भनी नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी तथा झ्याल ढोकाको चौखट खर्चतर्फ कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी रकम भुक्तानी दिनेलिने कार्य गरी नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी हिनामिना गरी भ्रष्टाचार गरेको हुनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निज आरोपितहरुलाई बिगो रु. १,८९,७५२/७० (एक लाख उन्नानब्बे हजार सात सय बाउन्न रुपैयाँ पैसा सत्तरी) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी हिनामिना हानिनोक्सानी भएको बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम असुलउपर हुन समेत मागदाबी लिइएको छ ।

जिल्ला प्राविधिक कार्यालय बर्दियाका असिष्टेण्ट सव-इन्जिनियर लोकबहादुर शाहीले भवन निर्माणमा हुँदै नभएको कार्यहरुसमेत भएको भनी नापी किताब तथा कार्यसम्पन्न प्रतिवेन तयार गरी बदनियतपूर्वक नभए नगरेको कुरा देखाई प्रतिवेदन दिएको हुनाले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) तथा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु. १,८९,७५२/७० (एक लाख उन्नानब्बे हजार सात सय बाउन्न रुपैयाँ पैसा सत्तरी) कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी हिनामिना हानिनोक्सानी भएको बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम असुलउपर हुन समेत मागदाबी लिइएको छ ।  

साथै भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अंकार चौधरीले भवन निर्माणमा हुँदै नभएको कार्यहरु भए गरेको भनी बढी रकम भुक्तानी दिनेलिने कार्य गरेको तथा झ्याल ढोकाको चौखट खर्चतर्फ कार्यसम्पन्न प्रतिवेदनमा भन्दा बढी भुक्तानी लिई/दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेकोले निज अंकार चौधरीलाई बिगो रु. १,८९,७५२/७० (एक लाख उन्नानब्बे हजार सात सय बाउन्न रुपैयाँ पैसा सत्तरी) कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी हिनामिना हानिनोक्सानी भएको बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम असुलउपर हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24