स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत तथ्याङ्क अधिकृत (छैठौं) मेघनाथ रेग्मीउपर बिगो रु. १,०८,३८९/७० कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०८ गते ।
---------------------------------------------------

स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत तथ्याङ्क अधिकृत (छैठौं) मेघनाथ रेग्मीले स्वास्थ्य कार्यालय म्याग्दीबाट कार्यादेश लिई PMTCT तालिम कार्यक्रम सञ्चालन गरी पेश्की फछर्यौट गर्ने क्रममा नक्कली बिल भरपाई पेश गरी पेश्की फछर्यौट गर्न दवाब दिएको, निजले सञ्चालन गरेका कार्यक्रमहरु कार्यादेश अनुसार सञ्चालन नभएको तथा असम्बन्धित व्यक्तिहरुलाई दैनिक भ्रमण भत्ता वितरण गरी गैरकानूनी लाभ लिई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको भन्ने प्रतिवेदनउपर अनुसन्धान हुँदा स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत मेघनाथ रेग्मीले मिति २०७६।०३।१५ गते कार्यालयबाट कार्यादेश लिई PMTCT तालिम सञ्चालन गर्न भनी लिएको पेश्की रकम मध्ये बिभिन्न शीर्षकमा खर्च गरी बाँकी रकम बदनियतसाथ हिनामिना गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य स्थापित हुन आएकोले निज तथ्याङ्क अधिकृत मेघनाथ रेग्मीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा हिनामिना हानिनोक्सानी गरेको बिगो रु. १,०८,३८९/७० (एक लाख आठ हजार तीन सय उनान्नब्बे रुपैयाँ पैसा सत्तरी) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७  मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको बिगो रकम निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24