स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत तथ्याङ्क अधिकृत (छैठौं) मेघनाथ रेग्मीउपर बिगो रु. १,०८,३८९/७० कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०८ गते ।
---------------------------------------------------

स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत तथ्याङ्क अधिकृत (छैठौं) मेघनाथ रेग्मीले स्वास्थ्य कार्यालय म्याग्दीबाट कार्यादेश लिई PMTCT तालिम कार्यक्रम सञ्चालन गरी पेश्की फछर्यौट गर्ने क्रममा नक्कली बिल भरपाई पेश गरी पेश्की फछर्यौट गर्न दवाब दिएको, निजले सञ्चालन गरेका कार्यक्रमहरु कार्यादेश अनुसार सञ्चालन नभएको तथा असम्बन्धित व्यक्तिहरुलाई दैनिक भ्रमण भत्ता वितरण गरी गैरकानूनी लाभ लिई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको भन्ने प्रतिवेदनउपर अनुसन्धान हुँदा स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत मेघनाथ रेग्मीले मिति २०७६।०३।१५ गते कार्यालयबाट कार्यादेश लिई PMTCT तालिम सञ्चालन गर्न भनी लिएको पेश्की रकम मध्ये बिभिन्न शीर्षकमा खर्च गरी बाँकी रकम बदनियतसाथ हिनामिना गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य स्थापित हुन आएकोले निज तथ्याङ्क अधिकृत मेघनाथ रेग्मीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा हिनामिना हानिनोक्सानी गरेको बिगो रु. १,०८,३८९/७० (एक लाख आठ हजार तीन सय उनान्नब्बे रुपैयाँ पैसा सत्तरी) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७  मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको बिगो रकम निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26