स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत क्षयकुष्ठ सहायक (पाँचौ) मनीषकुमार महतोसहित ३ जनाउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०८ गते ।
---------------------------------------------------

स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत क्षयकुष्ठ सहायक (पाँचौ) मनीषकुमार महतोले स्वास्थ्य कार्यालय म्याग्दीबाट कार्यादेश लिई बिभिन्न कार्यक्रम सञ्चालन गरी पेश्की फछ्यौट गर्ने क्रममा नक्कली विल भरपाई पेश गरी पेश्की फछ्यौट गर्न दवाब दिएको, निजले सञ्चालन गरेका कार्यक्रमहरु कार्यादेश अनुसार सञ्चालन नभएको तथा असम्बन्धित व्यक्तिहरुलाई दैनिक भ्रमण भत्ता वितरण गरी गैरकानूनी लाभ लिई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको भन्ने प्रतिवेदनउपर अनुसन्धान हुँदा स्वास्थ्य कार्यालय म्याग्दीका क्षयकुष्ठ सहायक (पाँचौ) मनीषकुमार महतोले बिभिन्न मितिमा स्वास्थ्य कार्यालयबाट कार्यादेश लिई क्षयरोगसम्बन्धी अभिमुखिकरण, घर दैलो, माइक्रोस्कोपिक क्याम्प, DMT TOOL and WHO MEC को माध्यमबाट परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम तथा उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई टिबि मोडुलर तालिम सञ्चालन गर्न रकम विनियोजन भएकोमा बिभिन्न शीर्षकमा बैक दाखिला गरी बाँकी रहेको रकम बदनियतसाथ हिनामिना गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य स्थापित हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा हिनामिना हानिनोक्सानी गरेको बिगो रु. ४,८१,९९५/०२ ( चार लाख एकासी हजार नौ सय पन्चान्नब्बे रुपैयाँ पैसा दुई) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७  मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको बिगो रकम निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन समेत मागदाबी लिइएको छ ।

साथै स्वास्थ्य कार्यालय म्याग्दीका तत्कालीन कार्यालय प्रमुख भीमप्रसाद आचार्य र आर्थिक सल्लाहकार लेखापाल हरिशंकर शर्माले पेश्की फछर्यौट तथा भुक्तानी भएको DMT TOOL and WHO MEC को माध्यमबाट परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम र उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई टिबि मोडुलर तालिम सञ्चालनमा रु. १,७८,४८६/- (एक लाख अठहत्तर हजार चार सय छयासी) मनोमानी ढङ्गले रकम खर्च गराई बदनियतसाथ हिनामिना गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य स्थापित हुन आएकोले निज तत्काल स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत हाल निलम्बित भीमप्रसाद आचार्य र आर्थिक सल्लाहकार हरिशंकर शर्मालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा हिनामिना हानिनोक्सानी गरेको रमक रु. १,७८,४८६/- बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको बिगो रकम निजहरुबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24