सि.आर.भी. केशलियामार्ग विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०७ गते ।
---------------------------------------------------

सि.आर.भी. केशलियामार्ग विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालले सेवाग्राहीलाई अनावश्यक दु:ख हैरानी दिई बिभिन्न खाद्य सामग्रीहरु ओसारपसारमा सहजीकरण गरिदिने प्रयोजनको लागि घुस/रिसवत रकम माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रु. ७,०००।– (सात हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा सेवाग्राहीको व्यवसायमा प्रयोग हुने सवारी साधन चालक लगायतलाई बाटोमा अनावश्यक दु:ख नदिने कुनै किसिमको बाधा अवरोध नगर्ने चेकजाँच नगर्ने व्यवसायलाई सहज गराइदिने भनी निज श्यामकुमार दाहालले रु. ७,०००।– घुस/रिसवत माग गरी लिएको भन्ने तथ्य प्रमाणित हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज श्यामकुमार दाहाललाई बिगो रु. ७,०००।– (सात हजार) कामय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29