जिल्ला काठमाडौं स्थित नापी कार्यालय, साँखुमा कार्यरत अमिन सुशील बुढाथोकी र सेवाग्राही प्रवेश भन्ने ज्ञान बहादुर कार्कीउपर आरोपपत्र दायर।



प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०६ गते ।
---------------------------------------------------

जिल्ला काठमाडौं शंखरापुर नगरपालिका वडा नं. ७ साँखु स्थित नापी कार्यालय, साँखुमा कार्यरत अमिन सुशील बुढाथोकीले सेवाग्राही ज्ञान बहादुर कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाई दिए वापत घुस/रिसवत रु. ४,०००/- (चार हजार) सहित लिने दिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उक्त रकमसहित निजहरु दुवैलाई नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा अमिन सुशील बुढाथोकीले प्रवेश भन्ने ज्ञान बहादुर कार्कीसँग रु. ४,०००।– नक्साको ट्रेस बनाई दिएवापत घुस/रिसवत लिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु. ४,०००।– (चार हजार) कामय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी उक्त  घुस रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ ।

साथै प्रवेश भन्ने ज्ञानबहादुर कार्कीले नापी कार्यालय साँखुका अमिन सुशील बुढाथोकीलाई रु. ४,०००।– नक्साको ट्रेस बनाई दिएवापत घुस/रिसवत दिएकोले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३)को कसुरमा निजलाई  बिगो रु. ४,०००।– (चार हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ को उपदफा (३) ले निर्देश गर बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) खण्ड (क) बमोजिम सजाय गरी उक्त घुसवापतको रकम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22