जिल्ला काठमाडौं स्थित नापी कार्यालय, साँखुमा कार्यरत अमिन सुशील बुढाथोकी र सेवाग्राही प्रवेश भन्ने ज्ञान बहादुर कार्कीउपर आरोपपत्र दायर।



प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०६ गते ।
---------------------------------------------------

जिल्ला काठमाडौं शंखरापुर नगरपालिका वडा नं. ७ साँखु स्थित नापी कार्यालय, साँखुमा कार्यरत अमिन सुशील बुढाथोकीले सेवाग्राही ज्ञान बहादुर कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाई दिए वापत घुस/रिसवत रु. ४,०००/- (चार हजार) सहित लिने दिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उक्त रकमसहित निजहरु दुवैलाई नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा अमिन सुशील बुढाथोकीले प्रवेश भन्ने ज्ञान बहादुर कार्कीसँग रु. ४,०००।– नक्साको ट्रेस बनाई दिएवापत घुस/रिसवत लिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु. ४,०००।– (चार हजार) कामय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी उक्त  घुस रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ ।

साथै प्रवेश भन्ने ज्ञानबहादुर कार्कीले नापी कार्यालय साँखुका अमिन सुशील बुढाथोकीलाई रु. ४,०००।– नक्साको ट्रेस बनाई दिएवापत घुस/रिसवत दिएकोले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३)को कसुरमा निजलाई  बिगो रु. ४,०००।– (चार हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ को उपदफा (३) ले निर्देश गर बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) खण्ड (क) बमोजिम सजाय गरी उक्त घुसवापतको रकम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24