ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नवीनकुमार झाउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०६ गते ।
---------------------------------------------------

ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नवीनकुमार झाले ट्रिपरको सम्पूर्ण कागजात हुँदा हुँदै पनि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको र नदिएमा ट्रिपर चल्न नदिने भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक नवीनकुमार झालाई सेवाग्राहीबाट रु. १,०००।–(एक हजार) लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला धनुषा क्षिरेश्वरनाथ नगरपालिका स्थित ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक नवीनकुमार झाले सेवाग्राहीसँग रकम नदिएमा टिपर चल्न नदिने भनी रु. १,०००।– (एक हजार) घुस/रिसवतवापत लिएको पुष्टि हुन आएको देखिंदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध भएकोले बरामद भएको बिगो रु १,०००।–कायम गरी निज प्र.स.नि. नवीनकुमार झालाई ऐ.ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24