मालपोत कार्यालय, धादिङ्गका तत्कालीन मालपोत अधिकृत कुशध्वज खत्रीसमेत ७ जनाउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०१ गते ।
---------------------------------------------------
 
मालपोत कार्यालय, धादिङ्गका कर्मचारीहरुसमेतको मिलेमतोमा मलेखु धादिङ्ग कालु पाण्डे सडकमा जोडिएको धादिङ्ग जिल्ला साविक मुरलीभञ्ज्याङ्ग गा.वि.स. वडा नं. २ङ कित्ता नं. ७७९ को जग्गामा अमरावती सामुदायिक वनको जग्गा घुसाई ठूलो धनराशी खर्च गरी उक्त कित्ताको क्षेत्रफल पाँच दोब्बर बढाएकोले छानबिन गरी आवश्यक कारबाही गरी पाउँ भन्ने उजुरी उपर अनुसन्धान हुँदा राष्ट्रसेवक कर्मचारी र जग्गाधनी समेतका व्यक्तिहरुको मिलेमतो र संलग्नतामा आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी श्रेस्ता गैरकानूनी रुपमा सच्याई, नक्सासमेत बढाई सरकारी, सार्वजनिक सम्पत्ति हानिनोक्सानी हुने र व्यक्तिविशेषलाई गैरकानूनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्‍याउने भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित हुन आएकोले देहाय बमोजिमका कर्मचारी तथा व्यक्तिलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष आदालत काठमाण्डौँमा आरोप पत्र दायर गरिएको ।
 
(१) मालपोत कार्यालय, धादिङ्गका तत्कालीन मालपोत अधिकृत कुशध्वज खत्री, ना.सु. शम्भुनारायण राजभण्डारी, ना.सु. अनन्तराज सत्याल, नापी कार्यालय धादिङ्गका तत्कालीन सर्भेक्षक विश्व कुमार बस्नेत र अमिन भीम प्रसाद श्रेष्ठको हकमा :
निजहरूले आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी श्रेस्ता गैरकानूनी रुपमा सच्याई, नक्सासमेत बढाई सरकारी, सार्वजनिक सम्पत्ति हानिनोक्सानी हुने र व्यक्तिविशेषलाई गैरकानूनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) र सोही ऐनको दफा ११ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरु कुशध्वज खत्री, शम्भुनारायण राजभण्डारी, अनन्तराज सत्याल, विश्व कुमार बस्नेत र भीम प्रसाद श्रेष्ठलाई रु.९,०४,५००।- (नौ लाख चार हजार पाँच सय रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा ११ बमोजिम सजाय हुन मागदाबी लिइएको ।
 
(२) जग्गा धनी नानु अधिकारी र अशोक अधिकारीको हकमा : 
निजहरूले नापी तथा मालपोत कार्यालय, धादिङ्गका कर्मचारीहरुलाई अनुचित प्रभावमा पारी नानु अधिकारीको नाममा दर्ता श्रेस्ता कायम रहेको २ आना जग्गालाई गैरकानूनी तरिकाबाट सरकारी जङ्गलको जग्गा घुसाई ८ आना आफूलाई गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याउने बदनियतले उक्त सरकारी जग्गासमेतमा घर बनाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरु नानु अधिकारी र अशोक अधिकारीलाई बिगो रु. ९,०४,५००।- (नौ लाख चार हजार पाँच सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिइएको ।
 
(३) नापी कार्यालय धादिङ्गका सर्भेक्षक विश्वकुमार बस्नेत तथा जग्गाधनीका श्रीमान् अशोक अधिकारीको हकमा :
जग्गाधनी नानु अधिकारीका श्रीमान् अशोक अधिकारीले नापी कार्यालय धादिङ्गका सर्भेक्षक विश्वकुमार बस्नेतलाई रु.३,५०,०००।- रसिद भरपाई बिना नगदै घुस वापत दिई निजको श्रीमतीकी नाममा श्रेस्ता कायम रहेको जग्गाको क्षेत्रफल बढ कायम गरेको भनी निज अशोक अधिकारीले वयानमा उल्लेख गरेबाट उक्त गैरकानूनी कार्य गर्न गराउनका लागि घुसको लेनदेन गरेको पुष्टि भई निज अशोक अधिकारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको समेत कसुर गरेको तथा कर्मचारी विश्वकुमार बस्नेतले सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिमको समेत कसुर गरेको पुष्टि हुन आएकोले निजहरु विश्वकुमार बस्नेत र अशोक अधिकारीलाई थप बिगो रु.३,५०,०००।- (तीन लाख पचास हजार) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन र घुस रिसवत लिएको रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन समेत मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24