बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठसमेत ४ जनाउपर बिगो रु.५,५०,०००।– कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०१ गते ।
---------------------------------------------------

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान सुनसरीले विल भरपाई नराखी भौचरसमेत नउठाई प्रतिष्ठानको रकम हिनामिना गरी भ्रष्टाचार गरेको भनी उजुरी उपर अनुसन्धान हुँदा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रजिष्ट्रार तुल बहादुर श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द्र कुमार मगर र रमेश कुमार खतिवडासमेतको मिलोमतोमा बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भरपाई बिना नै जीबन पौडेलको नाममा चेक जारी गरी रू.५५०,०००।- सरकारी रकम हिनामिना गरी निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको प्रमाणित हुन आएकोले उक्त ऐनको दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१), सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) र दफा १७ बमोजिम सजाय गरी बिगो रु.५,५०,०००।-(पाँच लाख पचास हजार) कायम गरी हानिनोक्सानी भएको उक्त रकम निजहरु तुल बहादुर श्रेष्ठ, रूपा सिंघान्ची अग्रवाल, चन्द्र कुमार मगर र रमेश कुमार खतिवडाबाट असुलउपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24