भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका नायव सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतमउपर बिगो रु. ४०,०००।– सहित आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०१ गते ।
---------------------------------------------------

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्रले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी (करार) भाईकाजी गौतमलाई रु. ४०,०००।– दिनु भनी घुस/रिसवत माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रु. ४०,०००।–(चालीस हजार) घुस/रिसवत लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका नायव सुब्वा नारायणराज मिश्रले सेवाग्राहीको मोही लगतकट्टा गरिदिने प्रयोजनको लागि लेखापढी व्यवसायीमार्फत घुस/रिसवत पाए काम गरिदिने भनी नियमानुसार गर्नुपर्ने कामको लागि बहाना बनाई उक्त कार्यालयका कार्यालय सहयोगी भाईकाजी गौतमलाई लिन लगाई घुस वापतको रकम लिएपछि मोही लगतकट्टा गर्ने निर्णय कागजात दिएको समेतबाट नायव सुब्बा नारायणराज मिश्रले घुस/रिसवत माग गरी बुझ्न लगाएको प्रमाणित हुन आई निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज नारायणराज मिश्रलाई बिगो रु. ४०,०००।– (चालीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिएको छ ।

साथै भूमिसुधार तथा मालपोत कार्यालय  भक्तपुरका कार्यालय सहयोगी भाईकाजी गौतमले घुस/रिसवत वापतको रकम हो भन्ने थाहा हुँदा पनि हाकिमले दिएको निर्देशन पालना गरेको भनी घुस लिन दिएको गैरकानूनी आदेश मानी आफूलाईसमेत लाभ हुनेदेखि लिन खानको लागि सेवाग्राहीका लेखापढी व्यवसायीबाट रु. ४०,०००।–बुझी मतियारको भूमिका खेलेको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम ऐ.ऐनको दफा २२ ले मतियारको कसुर गरेको पुष्टि भएकोले निज भाईकाजी गौतमलाई बिगो रु. ४०,०००।– (चालीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्याशं बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24