भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका नायव सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतमउपर बिगो रु. ४०,०००।– सहित आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०१ गते ।
---------------------------------------------------

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्रले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी (करार) भाईकाजी गौतमलाई रु. ४०,०००।– दिनु भनी घुस/रिसवत माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रु. ४०,०००।–(चालीस हजार) घुस/रिसवत लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका नायव सुब्वा नारायणराज मिश्रले सेवाग्राहीको मोही लगतकट्टा गरिदिने प्रयोजनको लागि लेखापढी व्यवसायीमार्फत घुस/रिसवत पाए काम गरिदिने भनी नियमानुसार गर्नुपर्ने कामको लागि बहाना बनाई उक्त कार्यालयका कार्यालय सहयोगी भाईकाजी गौतमलाई लिन लगाई घुस वापतको रकम लिएपछि मोही लगतकट्टा गर्ने निर्णय कागजात दिएको समेतबाट नायव सुब्बा नारायणराज मिश्रले घुस/रिसवत माग गरी बुझ्न लगाएको प्रमाणित हुन आई निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज नारायणराज मिश्रलाई बिगो रु. ४०,०००।– (चालीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिएको छ ।

साथै भूमिसुधार तथा मालपोत कार्यालय  भक्तपुरका कार्यालय सहयोगी भाईकाजी गौतमले घुस/रिसवत वापतको रकम हो भन्ने थाहा हुँदा पनि हाकिमले दिएको निर्देशन पालना गरेको भनी घुस लिन दिएको गैरकानूनी आदेश मानी आफूलाईसमेत लाभ हुनेदेखि लिन खानको लागि सेवाग्राहीका लेखापढी व्यवसायीबाट रु. ४०,०००।–बुझी मतियारको भूमिका खेलेको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम ऐ.ऐनको दफा २२ ले मतियारको कसुर गरेको पुष्टि भएकोले निज भाईकाजी गौतमलाई बिगो रु. ४०,०००।– (चालीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्याशं बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26