गोल्डेन लाइट ट्राभल एण्ड टुर्स प्रा.लि.का म्यानेजिङ डाइरेक्टर बिनोद कुमार भूजेल समेत ५ जना उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।२९ गते ।
---------------------------------------------------

जिल्ला काठमाण्डौ, गोल्डेन लाइट ट्राभल्स एण्ड टुर्स संचालन गर्ने बिनोद कुमार भूजेलसमेतले श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय ताहाचल जाँदा विभिन्न बहाना बनाई निवेदकसँग रु.२२,०००।- घुस/रिसवत माग गरेको भन्ने उजुरी उपर अनुसन्धान हुँदा गोल्डेन लाइट ट्राभल एण्ड टुर्स प्रा.लि.का म्यानेजिङ डाइरेक्टर बिनोद कुमार भूजेलले, बसन्त श्रेष्ठ, बुध्द तामाङ, अजय नगर्जी परियार र प्रहरी जवान रमेश सिंह विष्ट समेतको मिलेमतोमा सेवाग्राहीको जापान जाने श्रम स्वीकृतिको काम छिटो गरिदिने भनी रु.२२,०००।- विनोद कुमार भूजेलसमेतले घुस/रिसवतवापत लिएको तथ्य पुष्टि हुन आएकोले निजहरु बिनोद कुमार भूजेल, बसन्त श्रेष्ठ, अजय नगर्जी परियार, बुध्द तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको र महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वरमा कार्यरत प्रहरी जवान रमेश सिंह विष्टले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भए गरेको सप्रमाण पुष्टि हुन आएकोले निजहरू बिनोद कुमार भूजेल, बसन्त श्रेष्ठ, अजय नगर्जी परियार, बुध्द तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २ मा उल्लेख भएबमोजिम र प्रहरी जवान रमेशसिंह विष्टलाई सोही ऐनको दफा ३ को उपदफा (१) को कसुरमा निज पाँचै जनालाई बिगो रु.२२,०००।- (बाइस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24