गोल्डेन लाइट ट्राभल एण्ड टुर्स प्रा.लि.का म्यानेजिङ डाइरेक्टर बिनोद कुमार भूजेल समेत ५ जना उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।२९ गते ।
---------------------------------------------------

जिल्ला काठमाण्डौ, गोल्डेन लाइट ट्राभल्स एण्ड टुर्स संचालन गर्ने बिनोद कुमार भूजेलसमेतले श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय ताहाचल जाँदा विभिन्न बहाना बनाई निवेदकसँग रु.२२,०००।- घुस/रिसवत माग गरेको भन्ने उजुरी उपर अनुसन्धान हुँदा गोल्डेन लाइट ट्राभल एण्ड टुर्स प्रा.लि.का म्यानेजिङ डाइरेक्टर बिनोद कुमार भूजेलले, बसन्त श्रेष्ठ, बुध्द तामाङ, अजय नगर्जी परियार र प्रहरी जवान रमेश सिंह विष्ट समेतको मिलेमतोमा सेवाग्राहीको जापान जाने श्रम स्वीकृतिको काम छिटो गरिदिने भनी रु.२२,०००।- विनोद कुमार भूजेलसमेतले घुस/रिसवतवापत लिएको तथ्य पुष्टि हुन आएकोले निजहरु बिनोद कुमार भूजेल, बसन्त श्रेष्ठ, अजय नगर्जी परियार, बुध्द तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको र महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वरमा कार्यरत प्रहरी जवान रमेश सिंह विष्टले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भए गरेको सप्रमाण पुष्टि हुन आएकोले निजहरू बिनोद कुमार भूजेल, बसन्त श्रेष्ठ, अजय नगर्जी परियार, बुध्द तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २ मा उल्लेख भएबमोजिम र प्रहरी जवान रमेशसिंह विष्टलाई सोही ऐनको दफा ३ को उपदफा (१) को कसुरमा निज पाँचै जनालाई बिगो रु.२२,०००।- (बाइस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26