विराटनगर भन्सार कार्यालय, मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसमेत २ जनाउपर बिगो रु. १७,००,०००।- सहित आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।२७ गते ।
---------------------------------------

विराटनगर भन्सार कार्यालय, मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले गैरकानूनी सम्पत्ति आर्जन गरेकोले भन्ने समेतको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा विराटनगर भन्सार कार्यालय मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले विदेशबाट सामान आयात निर्यात गर्ने क्यारिङ व्यवसायीसँग आयात गरीएका सामानहरु भन्सारबाट छुटाउने प्रयोजनको लागि १७,००,०००।– (सत्र लाख) घुस/रिसवत लिएको तथ्य प्रमाणित हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निज कृष्ण बहादुर बस्नेतलाई घुस/रिसवत लिए खाएको जम्मा बिगो रु. १७,००,०००।–(सत्र लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र उक्त घुसवापतको रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम असुलउपर गरी जफत हुन समेत मागदाबी लिइएको छ ।

साथै कृष्ण बहादुर बस्नेतले घुस रिसवतवापत लिएको रकम आफ्ना जेठान नविनकुमार गौलीको नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरेको देखिएको हुँदा नबिनकुमार गौलीले निज कृष्णबहादुर बस्नेतले प्राप्त गर्ने कमिशन रकम आफूले लिने, प्रयोग गर्ने, विभिन्न व्यवसायहरुमा लगानी गर्ने, घरजग्गामा लगानी गरी व्यवस्थापन र प्रयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर गरेको देखिंदा नविनकुमार गौलीलाई बिगो रु. १७,००,०००।–(सत्र लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भए बमोजिम सोही ऐनको दफा २ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी घुस रिसवतवापत लिएको रकमसमेत सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुसउपर गरी जफत हुन समेत मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरीएको छ ।

सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26