जिल्ला मोरङ, जहदा गाउँपालिका वडा नं. १ का कार्यवहाक वडा अध्यक्ष उमेशकुमार साहउपर बिगो रु. २१,०००।–सहित आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।२७ गते ।
--------------------------------------------

जिल्ला मोरङ, जहदा गाउँपालिका वडा नं. १ का कार्यवहाक वडा अध्यक्ष उमेशकुमार साहले वडा नं. १ स्थित हरिलाल सरवरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण योजनाको सम्झौता गरी कार्यान्वयन लगायतका कार्यमा सहजीकरण गरी दिने प्रयोजनका लागि घुस रकम माग गरीरहेको भन्ने सूचनाको आधारमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग रु २१,०००।– (एक्काइस हजार) घुस/रिसवत वापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा जिल्ला मोरङ, जहदा गाउँपालिका वडा नं. १ स्थित, हरिलाल सरवरियाको घरदेखि बाँधको जग्गासम्म सडक निर्माण योजनाको सम्झौता गरी कार्यान्वयन लगायत कार्यमा सहजीकरण गरीदिन्छु भन्ने बहाना बनाई आफू कार्यवाहक वडा अध्यक्षको हैसियतले सेवाग्राहीसँग घुस/रिसवत लिएको तथ्य पुष्टि हुन आएको देखिंदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको स-प्रमाण पुष्टि हुन आएकोले निज कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साहलाई बिगो रु. २१,०००।–(एक्काइस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरीएको छ ।

सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26