मालपोत कार्यालय काभ्रेपलाञ्चोकका नायव सुव्बा रोसकाजी जस्पाउलाई बिगो रु. २०,०००।–सहित आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।२६ गते ।
--------------------------------------------

मालपोत कार्यालय काभ्रेपलाञ्चोकका नायव सुव्बा रोसकाजी जस्पाउले खरिद बिक्री भएको जग्गाको राजस्व र लाभकरसमेत दाखिला गरी जग्गाधनी प्रमाण पूर्जा लिने प्रयोजनका लागि मालपोत कार्यालय गएका सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज नायब सुव्बा रोसकाजी जस्पाउलाई रु. २०,०००।–(बीस हजार) लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा  मालपोत कार्यालय काभ्रेपलाञ्चोकका नायव सुव्बा रोसकाजी जस्पाउले खरिद बिक्री भएको जग्गाधनी प्रमाणपूर्जा लिने प्रयोजनको लागि गएका सेवाग्राहीलाई राजस्व, लाभकर संकलन एवं लिखत पारित लगायतको काम गरेको भनी नियमानुसार गरिसकेको कामको लागि विभिन्न वरबहाना बनाई घुस रकम माग गरी अप्ठेरोमा पारी घुस दिन बाध्य बनाई सेवाग्राहीबाट घुस/रिसवतवापतको रु. २०,०००।–(बीस हजार) लिएको, निज राष्ट्रसेवक कर्मचारीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको स-प्रमाण पुष्टि हुन आएकोले निजलाई बिगो रु. २०,०००।–कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24