त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित ४ जनाउपर आरोपपत्र दायर गरिएको ।



प्रेस विज्ञप्ति :- मिति २०७६।०८।२२ गते ।
-------------------------------------------

          त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीहरुसँग रकम लिई परीक्षाका उत्तरपुस्तिकाको प्राप्तङ्क फेरबदल, साटासाट तथा उत्तरपुस्तिका परिक्षण गर्ने शिक्षकलाई प्रभावमा पारी लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखी भित्री पानाहरु घर लगेर विज्ञहरुलाई लेख्न लगाई फेरी सोही बास्तविक कभरपेजमा स्टिज लगाउने गरेको भन्ने उजुरी उपर अनुसन्धान हुँदा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको लेखा शाखामा कार्यरत लेखा अधिकृत कमलप्रसाद दाहालले त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरी, सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी निजहरु जानुका आलेमगर र हिरा कटुवालका परीक्षा केन्द्रबाहिर लेखिएका उत्तरपुस्तिकाहरु तेजनारायण चौधरीमार्फत लिई साटफेर गरी आफ्नो ओहोदा र पदको दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निज कमलप्रसाद दाहाललाई सोही ऐनको दफा १३ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

          त्रियुगा जनता बहुमुखी क्याम्पस उदयपुर गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहाल, त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटकी परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस गाइघाटकी परीक्षार्थी हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी जानुका आलेमगर र हिरा कटुवाललाई परीक्षा केन्द्र बाहिर अर्को उत्तरपुस्तिकामा लेख्न लगाई परीक्षा केन्द्र बाहिर लेखिएका उत्तरपुस्तिकाहरु निजहरुबाट आफूले लिई कमलप्रसाद दाहाललाई दिई उत्तरपुस्तिकाहरु साटफेर गरी परीक्षाको परिणाममा फेरबदल गरी लाभ दिनेदिलाउने कार्यमा मतियार भई निजले भष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सोही ऐनको दफा १३ बमोजिमको कसुरमा भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले निज तेजनारायण चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ ले हुने सजायमा ऐ.ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कसुर गर्नेलाई सरह सजाय हुन मागदाबी लिइएको छ ।

          साथै जानुका आलेमगर र हिरा कटुवालले परीक्षा केन्द्रमा एउटा उत्तरपुस्तिकामा लेखी पुन: सोही बिषयको उत्तरपुस्तिका परीक्षा केन्द्र भन्दा बाहिर लेखी एक आपसमा साटफेर गर्न/गराउन त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका तेजनारायण चौधरीलाई दिई निजले उक्त उत्तरपुस्तिकाहरु त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहाललाई दिई निजले उत्तरपुस्तिकाहरु साटफेर गरी/गराई परीक्षाको परिणाममा फेरबदल गर्ने कार्यमा मतियार भई निजहरु जानुका आलेमगर र हिरा कटुवालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सोही ऐनको दफा १३ बमोजिमको कसुरको मतियार भई परीक्षाको परिणाम फेरबदल गर्न लगाई लाभ प्राप्त गरी भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले निजहरु जानुका आलेमगर र हिरा कटुवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ ले हुने सजायमा ऐ.ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कसुर गर्ने सरह सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24