पव्लिक हेल्थ नर्सिङ छैठौं कल्पना पौडेल उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१८ गते ।
-------------------------------------

जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा नक्कली बिल भरपाई पेश गरी सरकारी रकम भ्रष्टाचार गरेको भन्ने उजुरी उपर अनुसन्धान हुँदा पव्लिक हेल्थ नर्सिङ छैठौं कल्पना पौडेलले जिल्ला स्वास्थ्य कार्यालय पाल्पाबाट परिवार नियोजन शिविर सञ्चालन गर्ने क्रममा परिवार नियोजनको बन्ध्याकरण शिविरमा आवश्यक सरसामान ढुवानी गर्ने, ग्राहक लिन र पुर्‍याउन जाने प्रयोजनका लागि गाडी भाडामा प्रयोग गरी रू.८१,०००/-को फर्जि भरपाई संलग्न गरी सरकारी रकम हिनामिना गरी नेपाल सरकारलाई हानिनोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर गरेको हुँदा निज कल्पना पौडेललाई बिगो रु.८१,०००/- (एकासी हजार) कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुलउपर हुन मागदावी लिर्इ आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22