सर्वोच्च अदालत काठमाडौंका नायव सुव्बा सुधिरकुमार खड्का उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१७ गते ।
-------------------------------------------

सर्वोच्च अदालत काठमाडौंका नायव सुव्बा सुधिरकुमार खड्काले भ्रष्टाचार मुद्दाको बकपत्र हुँदाको विषयलाई लिएर विशेष अदालत काठमाडौको कैफियत प्रतिवेदनको आधारमा देबजंग शाहीलाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरेकोमा विशेष अदालत काठमाडौंको आदेश बिरुद्ध सर्वोच्च अदालतमा ०७६-RE-०१२८ नम्बरको निवेदन मुद्दा दर्ता गरेकोमा देवजंग शाहीलाई धरौटीमा छुटाइदिने भनी घुस/रिसवत माग गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा सर्वोच्च अदालत काठमाडौंमा कार्यरत तत्कालीन नायव सुव्बा सुधिरकुमार खड्काले आफ्नो पदीय आचरण विपरितको कार्य गरी सम्मानित सर्वोच्च अदालत काठमाडौंमा दर्ता भएको ०७६-RE-०१२८ नम्बरको मुद्दा विचारधीन रहेको अवस्थामा बरबहाना बनाई सेवाग्राहीलाई अप्ठेरोमा पारी आफ्नो अधिकार र ओहोदाले गर्नुपर्ने कार्य नगरी सेवाग्राहीको काम कार्यलाई सहज तरिकाबाट सेवा प्रदान गर्नुपर्नेमा उल्टै कार्यालयमा सरकारी कामको सिलसिलामा आउने सेवाग्राहीलाई परिवन्धमा पारी नियमानुसार हुने मुद्दालाई सहज बनाउने, पेशी छिटो राखिदिने र धरौटीमा छुटाइदिने भनी घुस/रिसवत वापत माग गरेको रकम मध्ये रु. ५०,०००।– (पचास हजार) कम गरी दिने भनी रु. २,५०,०००।– (दुई लाख पचास हजार) माग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गर्न उद्योग गरेको हुँदा सोही ऐनको दफा २१ बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निज आरोपी सुधिरकुमार खड्कालाई बिगो रु. २,५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम हुने सजायमा सोही ऐनको दफा २१ बमोजिम आधा सजाय हुन मागदावी लिइएको छ । 

साथै निजले उजुरी निवेदकको दाजु निवेदक विपक्षी नेपाल सरकार भएको सर्वोच्च अदालतमा दर्ता रहेको हाल बिचाराधीन अवस्थामा रहेको किनारा भई नसकेको ०७६-RE-०१२८ नम्बरको मुद्दासँग सम्बन्धित मिसिल कागजातको प्रतिलिपि उपलब्ध गराई दिने बहाना बनाई एकपटक मिति २०७६ साल असोज महिनाको अन्तिम तिर रु. ४,०००।– (चार हजार) र अर्को पटक मिति २०७६ साल कार्तिक महिनाको तिहार पर्व अगाडी रु. ५,०००।– (पाँच हजार) गरी जम्मा रु. ९,०००।– (नौ हजार) समेत घुस/रिसवत वापत रकम लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज आरोपित सुधिरकुमार खड्कालाई बिगो रु. ९,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय गरी घुस/रिसवत लिएको रकम रु. ९,०००।– सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुलउपर गरी जफत हुन समेत मागदावी लिर्इ आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24