सडक डिभिजन कार्यालय, जनकपुरका तत्कालीन कार्यालय प्रमुख सि.डि.ई. दिनेश अर्यालसमेत ७ जना उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१६ गते ।
---------------------------------------------------

डिभिजन सडक कार्यालय, जनकपुरका डिभिजन प्रमुख दिनेश अर्याल र लेखा प्रमुख जिवनाथ पोख्रेलसमेतले ठेक्काको बोलपत्रमा केरमेट गरी सच्याएको भन्ने व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा सडक डिभिजन कार्यालय, जनकपुरका तत्कालीन कार्यालय प्रमुख सि.डि.ई. दिनेश अर्याल, लेखा अधिकृत जिवनाथ पोख्रेल, इन्जिनियर राजकुमार यादव र इन्जिनियर सन्जिवकुमार साहसमेतले ठेक्काको बोलपत्र मुल्यांकन समितिमा रही भैरव कन्स्ट्रक्सन कम्पनी प्रा.लि. नयाँबजार, काठमाडौंले पेश गरेको बोलपत्रको BOQ को Item No. २.३ र २.६ को दररेट अंक र अक्षरमा सच्याई रू.१९,५०,४४०/- थपी सम्झौता गरी भैरव कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का संचालक सुरेशलाल श्रेष्ठ र गोपाल श्रेठ तथा भैरव कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का अख्तियारनामा प्राप्त मोहनप्रसाद यादवसँग मिलेमतो गरी सरकारी कागजात गैरकानूनी रूपमा सच्याई आफू र बोलपत्रदातालाई गैरकानूनी लाभ पुर्‍याई नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याई सार्वजनिक सम्पत्तिको  हानिनोक्सानी गरी निजहरू डिभिजन सडक कार्यालय, जनकपुरका तत्कालिन सि.डि.ई. दिनेश अर्याल, लेखा अधिकृत जिवनाथ पोख्रेल, इन्जिनियर राजकुमार यादव र इन्जिनियर सन्जिवकुमार साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३), दफा ११ र दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा बिगो रु. १९,५०,४४०/- (उन्नाइस लाख पचास हजार चार सय चालीस) कायम गरी निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) र दफा ११ तथा दफा १७ मा उल्लेख बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुलउपर हुन समेत मागदावी लिएको।

साथै उपरोक्त कार्यद्वारा भैरव कन्स्ट्रक्सन कम्पनी प्रा.लि. नयाँबजार, काठमाडौंका संचालक सुरेशलाल श्रेष्ठ र गोपाल श्रेठ तथा भैरव कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का अख्तियारनामा प्राप्त मोहनप्रसाद यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र दफा ११ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा बिगो रु. १९,५०,४४०/- (उन्नाइस लाख पचास हजार चार सय चालीस) कायम गरी निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र दफा ११ बमोजिम सजाय हुन र सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम बिगो असुलउपर गरी जफत हुन समेत मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24