सडक डिभिजन कार्यालय, जनकपुरका तत्कालीन कार्यालय प्रमुख सि.डि.ई. दिनेश अर्यालसमेत ७ जना उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१६ गते ।
---------------------------------------------------

डिभिजन सडक कार्यालय, जनकपुरका डिभिजन प्रमुख दिनेश अर्याल र लेखा प्रमुख जिवनाथ पोख्रेलसमेतले ठेक्काको बोलपत्रमा केरमेट गरी सच्याएको भन्ने व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा सडक डिभिजन कार्यालय, जनकपुरका तत्कालीन कार्यालय प्रमुख सि.डि.ई. दिनेश अर्याल, लेखा अधिकृत जिवनाथ पोख्रेल, इन्जिनियर राजकुमार यादव र इन्जिनियर सन्जिवकुमार साहसमेतले ठेक्काको बोलपत्र मुल्यांकन समितिमा रही भैरव कन्स्ट्रक्सन कम्पनी प्रा.लि. नयाँबजार, काठमाडौंले पेश गरेको बोलपत्रको BOQ को Item No. २.३ र २.६ को दररेट अंक र अक्षरमा सच्याई रू.१९,५०,४४०/- थपी सम्झौता गरी भैरव कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का संचालक सुरेशलाल श्रेष्ठ र गोपाल श्रेठ तथा भैरव कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का अख्तियारनामा प्राप्त मोहनप्रसाद यादवसँग मिलेमतो गरी सरकारी कागजात गैरकानूनी रूपमा सच्याई आफू र बोलपत्रदातालाई गैरकानूनी लाभ पुर्‍याई नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याई सार्वजनिक सम्पत्तिको  हानिनोक्सानी गरी निजहरू डिभिजन सडक कार्यालय, जनकपुरका तत्कालिन सि.डि.ई. दिनेश अर्याल, लेखा अधिकृत जिवनाथ पोख्रेल, इन्जिनियर राजकुमार यादव र इन्जिनियर सन्जिवकुमार साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३), दफा ११ र दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा बिगो रु. १९,५०,४४०/- (उन्नाइस लाख पचास हजार चार सय चालीस) कायम गरी निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) र दफा ११ तथा दफा १७ मा उल्लेख बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुलउपर हुन समेत मागदावी लिएको।

साथै उपरोक्त कार्यद्वारा भैरव कन्स्ट्रक्सन कम्पनी प्रा.लि. नयाँबजार, काठमाडौंका संचालक सुरेशलाल श्रेष्ठ र गोपाल श्रेठ तथा भैरव कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का अख्तियारनामा प्राप्त मोहनप्रसाद यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र दफा ११ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा बिगो रु. १९,५०,४४०/- (उन्नाइस लाख पचास हजार चार सय चालीस) कायम गरी निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र दफा ११ बमोजिम सजाय हुन र सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम बिगो असुलउपर गरी जफत हुन समेत मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26