कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका सहायक रजिष्ट्रार टंकबहादुर भट्टराई र सेवाग्राही सुनिल आचार्यउपर आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१५ गते ।
---------------------------------------------

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका सहायक रजिष्ट्रार टंकबहादुर भट्टराईले सेवाग्राहीसँग कार्यालय परिसरमा घुस/रिसवत लेनदेन गरिरहेको भन्ने प्रतिवेदन सम्बन्धमा अनुसन्धान हुँदा राष्ट्रसेवक कर्मचारी निज तत्कालीन सहायक रजिष्ट्रार टंकबहादुर भट्टराईले सेवाग्राहीको कम्पनी अध्यावधिक गर्ने कामको लागि घुस माग गरी रु. २०,०००।– (बीस हजार) लिएको तथ्य पुष्टि भई निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज टंकबहादुर भट्टराईलाई बिगो रु. २०,०००।– (बीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजायका साथै घुस/रिसवत लिएको रकम रु. २०,०००।– सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल उपर गरी जफत हुन मागदाबी लिइएको ।
साथै, सेवाग्राही सुनिल आचार्यले घुस/रिसवत उपलब्ध गराएको र ऋण सापटीको कागजातसमेत तयार गर्न सहयोग गरेको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुर भएकोले निज सुनिल आचार्य उपर बिगो रु. २०,०००।– (बीस हजार) काम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ को उपदफा (३) ले निर्देश गरे अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय एवं रिसवतवापत लिएको रकम रु. २०,०००।– ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल उपर गरी जफत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24