कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका सहायक रजिष्ट्रार टंकबहादुर भट्टराई र सेवाग्राही सुनिल आचार्यउपर आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१५ गते ।
---------------------------------------------

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका सहायक रजिष्ट्रार टंकबहादुर भट्टराईले सेवाग्राहीसँग कार्यालय परिसरमा घुस/रिसवत लेनदेन गरिरहेको भन्ने प्रतिवेदन सम्बन्धमा अनुसन्धान हुँदा राष्ट्रसेवक कर्मचारी निज तत्कालीन सहायक रजिष्ट्रार टंकबहादुर भट्टराईले सेवाग्राहीको कम्पनी अध्यावधिक गर्ने कामको लागि घुस माग गरी रु. २०,०००।– (बीस हजार) लिएको तथ्य पुष्टि भई निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज टंकबहादुर भट्टराईलाई बिगो रु. २०,०००।– (बीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजायका साथै घुस/रिसवत लिएको रकम रु. २०,०००।– सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल उपर गरी जफत हुन मागदाबी लिइएको ।
साथै, सेवाग्राही सुनिल आचार्यले घुस/रिसवत उपलब्ध गराएको र ऋण सापटीको कागजातसमेत तयार गर्न सहयोग गरेको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुर भएकोले निज सुनिल आचार्य उपर बिगो रु. २०,०००।– (बीस हजार) काम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ को उपदफा (३) ले निर्देश गरे अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय एवं रिसवतवापत लिएको रकम रु. २०,०००।– ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल उपर गरी जफत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26