तत्कालीन नापी कार्यालय, सुनसरीका सर्भेक्षक उपेन्द्र दाससमेत ११ जना उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१६ गते ।
--------------------------------------------
 
जिल्ला प्रशासन कार्यालय, सुनसरीसमेतको सरकारी जग्गाको नक्साको धर्सा मेटाई ब्यक्ति बिशेषको नाममा जग्गा बढ्ने गरी मिसाई भ्रष्टाचार गरेकोले छानबिन गरी संलग्न जग्गाधनी र कर्मचारीसमेतलाई कानूनी कारबाही गरी पाउँ भन्‍ने समेत ब्यहोराको उजुरी उपर अनुसन्धान हुँदा तत्कालीन नापी कार्यालय, सुनसरीका कित्ताकाट कार्यमा प्रत्यक्ष संलग्न सर्भेक्षक उपेन्द्र दास र निजले गरेको कित्ताकाटको कामलाई प्रमाणित गर्ने सर्भेक्षक योगेन्द्र प्रसाद यादब, सर्भेक्षक कपलेश्‍वर राम, सर्भेक्षक सुकदेव यादव तथा लामो समयदेखि नापी कार्यालय सुनसरीभित्रै बसी अनाधिकृत रूपमा कित्ताकाट गर्ने, नक्सामा कित्ता नं. चढाउने र प्लट रजिष्‍ट्ररमा विवरण राख्‍नेजस्ता कार्यालयका दैनिक कामकाज गरी आएका गैरकर्मचारी रमेश प्रसाद साह तथा जग्गाधनी रमेश कुमार श्रेष्‍ठ, आसमा खातुनसमेतका सरकारी कर्मचारी तथा गैरसरकारी ब्यक्तिहरू एकापसमा मिलेमतो तथा गैरकानूनी साँठगाँठ गरी नापी कार्यालयमा रहने महत्वपूर्ण फायल नक्साको धर्सोलाई मेटी जग्गाधनीहरुको जग्गाको क्षेत्रफल बढ्ने र सार्वजनिक जग्गा घट्ने गरी बिभिन्‍न मितिमा कित्ताकाट गरी जग्गा सुक्रीबिक्री गरी ब्यक्तिलाई फाईदा र नेपाल सरकारलाई नोक्सान हुने गैरकानूनी कार्य गरेकोले उक्त कार्यमा सम्लग्न आरोपीहरू माथि देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
देहाय:-
सि.नं. पद र नामथर कार्यालय बिगो कसुर तथा सजाय
१ तत्कालीन सर्भेक्षक उपेन्द्र दास, 
सर्भेक्षक योगेन्द्र प्रसाद यादव, 
सर्भेक्षक कपलेश्‍वर राम, 
सर्भेक्षक शुकदेव यादव 
नापी कार्यालय सुनसरी रू.६,००,०००/- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) तथा सोही ऐनको दफा ८ को उपफा (१) को देहाय (ज) र ऐ.ऐनको दफा ११ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र ऐ.ऐनको दफा ११ बमोजिम कैद, सजायँ र बिगो बमोजिमको जरिवाना हुन मागदावी लिइएको।
२  रमेश कुमार श्रेष्‍ठ र 
आसमा खातुन
जग्गाधनी  ” भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद, सजायँ र बिगो बमोजिमको जरिवाना सजायको मागदावी लिइएको।
३  रमेश प्रसाद साह  गैरकर्मचारी  ” भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र ऐ. ऐनको दफा ११ वमोजिम कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र ऐ.ऐनको दफा ११ बमोजिम हदैसम्मको कैद, सजायँ र बिगो बमोजिमको जरिवानाको सजाय हुन मागदावी लिइएको।
४  ऐजुल मंसुरी, 
विवि सरातुल, 
अहमद हुसेन र 
राईफुन खातुन
 हालका जग्गाधनीहरू - निजहरूको हकमा सजायँको मागदावी लिन न्यायोचित नदेखिंदा भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा ४७ वमोजिम उक्त सार्वजनिक बाटोको जग्गा असुल उपर एवं जफत गरी नेपाल सरकारको नाममा कायम गर्ने।

 

 
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला
 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24