जिल्ला बारा, आदर्शकोतवाल गाउँपालिका वडा नं. ६ का वडा सचिव रामएकवाल प्रसाद यादव र कार्यालय सहयोगी दिनेश हजरा उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१५ गते ।
--------------------------------------------

जिल्ला बारा, आदर्शकोतवाल गाउँपालिका वडा नं. ६ का वडा सचिव रामएकवाल प्रसाद यादव र कार्यालय सहयोगी दिनेश हजरासमेतले वृद्ध भत्ता तथा विधवा भत्तासमेत वितरण गरेवापत प्रत्येक व्यक्तिसँग घुस रकम लिइरहेको भन्ने व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा आदर्शकोतवाल गाउँपालिका वडा नं. ६ का वडा सचिव रामएकवाल प्रसाद यादव र कार्यालय सहयोगी दिनेश हजराले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुबाट लिएको रकम निजहरुले घुस/रिसवत लिने मनसाय राखी वडा सचिव रामएकवाल प्रसाद यादवले रकम उठाउन लगाएको तथा कार्यालय सहयोगी दिनेश हजराले वडा सचिवको निर्देशनबमोजिम रकम उठाएको तथ्य सप्रमाण पुष्टि हुन आएकोमा राज्यले असहाय तथा असक्त नागरिकहरुलार्इ संरक्षणको लागि सामाजिक सुरक्षामार्फत उपलब्ध गराएको रकमबाट कानूनविपरीत रकम लिन मन्जुर गरेको देखिएकोमा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा बिगो रु.१२,६४८।- (बाह्र हजार छ सय अठ्चालीस) कायम गरी निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी बरामद भएको विगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन समेत मागदावी लिर्इ आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22