जिल्ला सिन्धुली, साविक जलकन्या गाउँ विकास समितिको कार्यालयका तत्कालीन सचिव विष्णु प्रसाद भण्डारी उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१३ गते ।
--------------------------------------------

जिल्ला सिन्धुली, साविक जलकन्या गाउँ विकास समितिको कार्यालयका तत्कालीन सचिव विष्णु प्रसाद भण्डारीले गाउँ विकास समितिको विभिन्न शीर्षकमा विनियोजित रकम हिनामिना गरेको भन्नेसमेत व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा जिल्ला सिन्धुली, साविक जलकन्या गाउँ विकास समिति (हाल कमलामाई नगरपालिका, वडा नं. ३) का तत्कालीन गा.वि.स. सचिव (हाल नायब सुब्बा, मालपोत कार्यालय, लगनखेल, ललितपुर) विष्णु प्रसाद भण्डारीले आ.व. २०७०/०७१ मा तत्कालीन प्राविधिक सहायक (हाल कमलामाई नगरपालिका, ३ नं. वडा कार्यालयका वडा सचिव) वीरेन्द्र कुमार देवकोटाको नाममा तीन महिनाको तलबभत्ता बढी भुक्तानी भएको देखाई रु.५८,329।- रकम  हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिँदा निजले हिनामिना गरेको रु.५८,३२९।– (अन्ठाउन्न हजार तीन सय उन्तीस रूपैयाँ) बिगो कायम गरी निज विष्णु प्रसाद भण्डारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय गरी हिनामिना, हानिनोक्सानी गरेको बिगो भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24