यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा काठमाण्डौका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित ५ (पाँच) जना उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१२ गते ।
--------------------------------------------
यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भनी रु.३,०००।–(तीन हजार) घुस रकम लिएको सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजहरू घुस रकम लिने शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र दिने किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार के.सी. खड्का र सुरेश छुस्याकीलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईले मोटरसाइकल नामसारी गर्ने प्रयोजनका लागि सनाखत गरि दिएबापत रिकन्डिसन हाउसको सम्पर्क कार्यालयमा गई विभिन्न प्रतिनिधिहरुमार्फत जम्मा रू.३,०००/- घुस/रिसवत लिएको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध गरेकोले निज शाखा अधिकृत शुक्रप्रसाद भट्टराईलाई बिगो रू.३,०००।- (तीन हजार) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय गरी उक्त ऐनको दफा ३ को उपदफा (१) बमोजिम बरामद भएको घुस रकम रु.३,०००/- जफत हुन मागदाबी लिइएको।

साथै राष्ट्रसेवक कर्मचारीलाई निजको ओहदा वा हैसियतको काम गराउने उद्देश्यले बिरेश अटो स्टेसनका प्रतिनिधि किरण देउला, दिप इन्टरप्राइजेजका प्रतिनिधि गणेशकुमार के.सी. खड्का, ब्रदर(ब्रो) रिकन्डिसन प्रा.लि.का प्रतिनिधि सुरेश छुस्याकी र सिद्दी इन्टरप्राइजेजका प्रतिनिधि उत्तम विक्रम शाहीले जम्मा रू.३,०००/- शाखा अधिकृत शुकप्रसाद भट्टराईलाई दिएको पुष्टि हुन आई निजहरूले भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेकोले निज प्रतिवादी किरण देउलालाई रू.१,०००/-, गणेशकुमार के.सी. खड्कालाई रू.५००/-, सुरेश छुस्याकीलाई रू.१,०००/- र उत्तम विक्रम शाहीलाई रू.५००/- बिगो कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन समेत मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26