मोहन कन्या माध्यमिक विद्यालय पाल्पाका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज ढकालसहित ४ जनाउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१० गते ।
--------------------------------------------

जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं. ४ स्थित रहेको मोहन कन्या माध्यमिक विद्यालयमा भवन र पर्खाल निर्माण कार्यको लागि आएको बजेट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज ढकाल र प्रधानाध्यापक दीपकप्रसाद ज्ञवालीसमेतले अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भवन निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष देवराज ढकाल र प्रधानाध्यापक केशलक्ष्मी श्रेष्ठले संयुक्त रुपमा विद्यालय भवन निर्माण कार्यका लागि निकासा भएको रकमबाट निर्माण सामग्री खरिद तथा कामदारलाई पेश्की भुक्तानी दिने लगायतमा खर्च गर्ने कार्य निज अध्यक्ष देवराज ढकाल र भवन निर्माण उपभोक्ता समितिका सचिव एवं हाल प्रधानाध्यापक दीपकप्रसाद ज्ञवालीसमेतले भवन र शौचालय निर्माणमा वास्तविक भएको भन्दा बढी खर्च तथा काम भएको झुठ्ठा बिल भरपाई पेश गरी साविकको जिल्ला शिक्षा कार्यालय, पाल्पामा हिसाब फरफारक गराउने कार्यमार्फत निजहरुले नेपाल सरकारको रकम बदनियतपूर्वक हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) ले परिभाषित गरे बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा कसुर गर्ने मोहन कन्या मा.वि. पाल्पाका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष देवराज ढकाल, प्रधानाध्यापक तथा भवन निर्माण उपभोक्ता समितिका सचिव दीपकप्रसाद ज्ञवाली र तत्कालीन प्रधानाध्यापक केशलक्ष्मी श्रेष्ठलाई बिगो रु.७,३०,००५।१६ (सात लाख तीस हजार पाँच रुपैयाँ सोह्र पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय र हानिनोक्सानी हिनामिना पुर्‍याएको रकम बिगो रु.७,३०,००५।१६ निज प्रतिवादीहरुबाट सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुल उपर हुन मागदाबी लिने ।
साथै, साविकको जिल्ला शिक्षा कार्यालय पाल्पाका तत्कालीन सव-इन्जिनियर रामस्वरुप चौधरीले आफ्नो पदीय दायित्व पूरा नगरी वास्तविक भएको काम भन्दा बढी देखाई गलत प्रतिवेदन तयार गरी भवन र शौचालयसमेतको कार्य सम्पन्न प्रतिवेदनमा बढी मूल्याङ्कन गरी योजना फरफारक गराएकोले बदनियत तरिकाले नेपाल सरकारको रकम हानिनोक्सानी पुर्‍याएको देखिएकोले निज प्रतिवादी रामस्वरुप चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) ले परिभाषित गरे बमोजिमको कसुर गरेकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24