शिक्षा विकास निर्देशनालय प्रदेश नं. ५ वुटवल, रुपन्देहीमा कार्यरत सव-इन्जिनियर सन्दिप पौडल र जे.सि.भी. चालक बिक्रम बस्नेतउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०६ गते ।
---------------------------------------

शिक्षा विकास निर्देशनालय प्रदेश नं. ५ बुटवल रुपन्देहीमा कार्यरत सव-इन्जिनियर सन्दिप पौडेलले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ता वापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले निज सन्दिप पौडेल र रकम लिन मतियारको रुपमा प्रयोग गरेका जे.सि.भी. चालक बिक्रम बस्नेतले सेवाग्राहीबाट रु.१,२०,०००।–(एक लाख बीस हजार) घुस/रिसवत लिईसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा शिक्षा विकास निर्देशनालय प्रदेश नं. ५ वुटवल, रुपन्देहीमा कार्यरत सव-इन्जिनियर सन्दिप पौडलले श्री प्रभाकर मा.वि. को भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्तावापतको रकम निकासा गरी दिने प्रयोजनार्थ सेवाग्राहीसँग रु.१,२०,०००।–(एक लाख बीस हजार) माग गरी जे.सि.भी. चालक बिक्रम बस्नेतलाई लिन पठाई सेवाग्राहीबाट उक्त घुस रकम लिइसकेको अवस्थामा निज जे.सि.भी. चालक बिक्रम बस्नेतबाट घुस रकम बरामद भएको अनुसन्धानबाट खुल्न आएकोले आरोपीहरु मध्ये सव-इन्जिनिर सन्दिप पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र अर्का आरोपी जे.सि.भी. चालक बिक्रम बस्नेतलाई सोही ऐनको दफा ३ को उपदफा (२) बमोजिम कसुर गरेको देखिंदा विगो रु. १,२०,०००।–(एक लाख बीस हजार) कायम गरी आरोपी सन्दिप पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम तथा बिक्रम बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३  को उपदफा (२) मा उल्लेख भए अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) खण्ड (घ) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22