रुकुम जिल्ला अदालतका नायब सुव्बा रमेशकुमार खड्का उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०६ गते ।
---------------------------------------

जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुव्बा रमेशकुमार खड्काले अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई  जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक-पटक मोलमोलाई गरी रु.६०,०००।–(साठी हजार) बाट घुस रकम बार्गेनिङ गरी अन्तिममा रु.१५,०००।–(पन्ध्र हजार) नदिइकन कागजपत्र नदिने भनी सेवाग्राहीलाई दु:ख दिइरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीबाट रु.१५,०००।- (पन्ध्र हजार) घुस/रिसवतवापतको रकम माग गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा रुकुम जिल्ला अदालतका नायब सुव्बा रमेशकुमार खड्काले सम्मानित रुकुम जिल्ला अदालतको फैसला बमोजिम सेवाग्राहीलाई दाखिला पुर्जीको कागजात उपलब्ध गराउनु पर्नेमा नगराई विभिन्न बरबहानामा रकमको बार्गेनिङ गरी शुरुमा रु. ६०,०००।– (साठी हजार) र पछि विभिन्न रकम तोकी अन्त्यमा रु. १५,०००।–(पन्ध्र हजार) दिनुपर्ने नत्र काम नगरिदिने भनी आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक सेवाग्राहीलाई घुस/रिसवत दिन वाध्यतामा पारी सोवापत रु. १५,०००।–लिई आउन सम्मानित अदालतको परिसरभित्रै पटक-पटक बोलाएकोमा अदालतको गरिमासमेतलाई मध्यनजर गरी सेवाग्राहीले अदालतभित्र प्रवेश गरी उक्त रकम उपलव्ध नगराई निज रमेश कुमार खड्कालाई अदालत परिसरबाट बाहिर निस्केपछि नियन्त्रणमा लिएको व्यहोरा पुष्टि हुन आएकोले निज रमेश कुमार खड्काले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराधको उद्योग कसुर गरेको देखिंदा निजलाई विगो रु. १५,०००।–कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ ले निर्देशन गरे अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) खण्ड (क) बमोजिम सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22